Friday April 10, 2020

बार्सिलोना शहरमा कास्की समाज स्पेनको तेस्रो अधिवेशन सम्पन्न

९ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1068


बार्सिलोना शहरमा कास्की समाज स्पेनको तेस्रो अधिवेशन सम्पन्न

शीतलपाटीन्युज डटकम।

बार्सिलोना, स्पेन। " हार्दिक धन्यबाद तथा आभार " हिजो स्पेनको बार्सिलोना शहरमा कास्की समाज स्पेनले सम्पन्न गरेको समाजको तेस्रो अधिवेशन, “कास्की आवाज” नामक स्मारिका २०७६ विमोचन तथा सांस्कृतिक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा आउनु भएका कास्की आदर्श समाज अन्र्तराष्ट्रिय समन्वय परिषद नेपालका अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथिका रुपमा नेपाल देखि आउनुभएका अन्तर्राष्ट्रिय समाजकै उपाध्यक्ष निरज कुमार थापा दाजुज्यू,साथै उहाँकी धर्मपत्नी भाउजू सिता थापाज्यू, विशेष अतिथिका रुपमा अन्तर्राष्ट्रिय समाजकै युरोप संयोजक तथा कास्की समाज बेल्जियमका अध्यक्ष दाजु डिल्लीराम भण्डारीज्यू र पोर्तुगल देखि आउनु भएका कास्की अन्तर्राष्ट्रिय समाजका संरक्षक रमेश गुरुङज्यू साथै पत्रकार मित्र भगवान गिरीज्यु लाई कास्की समाज स्पेनको तर्फ बाट बार्सिलोनामा हार्दिक स्वागत गर्दै धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु।

यसै गरी बिशेष अतिथिको रुपमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्प राज तिमिल्सिनाज्यु, युरोप उपसंयोजक मुक्त बहादुर गुरुङज्यु, आईसीसी सदस्य सुनिल रानाभाटज्यू, स्पेन स्थित विभिन्न संघसंस्थाका अध्यक्षज्यूहरु तथा प्रतिनिधि ज्यूहरु, कस्केली लगायत स्पेनबासी नेपाली समुदाय, नेपाली कन्सुलर लुईस बेल्विस, स्पेनिस वकिल मोनिका लगायत सम्पूर्णमा हाम्रो कार्यक्रममा उपस्थित भई शुभकामना दिई हाम्रो कार्यक्रमलाई सफल पारि दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

 यहाँहरूको यो उत्साहजनक सहभागिताले हामीलाई थप ऊर्जा प्राप्त गरेको छ। हामी तपाईहरु सबैसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं। हामी यो समाजको एउटा हिस्सा हौँ, यही जिम्मेवारी बोध गरेर यो परदेशमा हामी समाजको बृहत्तर हितका लागि काम गरिरहेका छौं,गर्नेछौं। प्रदेशमा हामी सबै व्यस्त छौं, यही व्यस्तताका बीच हामी केही समय निकालेर यो समाजको हितमा काम गर्ने प्रयास गर्छौं। यो प्रयासलाई सार्थक बनाउन समकक्षी अग्रज तथा विभिन्न पक्ष महत्वपूर्ण साथ रहन्छ। त्यो हामीले पाईरहेका छौं। यस कार्यक्रमको लागि सफलताको शुभकामना दिनु हुने कास्की समाजको अन्तर्राष्ट्रिय समितिका सम्पूर्ण कस्केली मित्रहरू, विभिन्न देशका कास्की समाजका शाखाहरु का अध्यक्ष मित्र हरु, नेपाल च्याप्टरका संयोजक ज्यू,स्पेन स्थित विभिन्न संघ/संस्थाका अध्यक्षज्यूहरु तथा सम्पूर्ण नेपाली समुदायहरु प्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु।

साथै नाचको आफ्नो प्रस्तुति देखाउनु भएका कलाकार नानुहरु शिक्षा भट्टराई , प्रीङ्की के.सी. र दिया भण्डारी लाई पनि धन्यवाद ! मेरो दुईवर्षे कार्यकालमा साथ दिनु हुने समाजका कार्यसमितिका सम्पूर्ण साथीहरु, सल्लाहाकार , संरक्षक लगायत मेरो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने कास्की आदर्श समाज अन्र्तराष्ट्रिय समन्वय परिषद नेपाल, नेपाल च्याप्टर , विभिन्न देशका कास्की समाजका शाखाहरु, स्पेन स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायहरु प्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।

साथै कास्की आदर्श समाज स्पेनको तेस्रो अधिवेशनबाट २०२०-२०२२ कार्यकालको लागि सर्वसम्मत रुपमा नबनिर्बाचित हुनु भएका अध्यक्ष बल बहादुर कार्कीज्यू लगायत सम्पूर्ण कार्यसमितिका साथीहरु, संरक्षक परिषदका साथीहरु, सल्लाहकार समितिका साथीहरु सबै जनालाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !!! धन्यवाद !!!

केदार ढुंगाना

संरक्षक

कास्की आदर्श समाज स्पेन




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?