Thursday October 22, 2020

ताप्लेजुङ्गे हजारौं दर्शकको वान्स मोर लोकगायक नबिन पौडेललाई

१२ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1220


ताप्लेजुङ्गे हजारौं दर्शकको वान्स मोर लोकगायक नबिन पौडेललाई

शीतलपाटीन्युज डटकम।

ताप्लेजुङ। नेपाल भ्रमण बर्ष,भिजिट नेपाल २०२० अबसरमा "पाथिभरा देबिको दर्सन मेची पर्यटन हाम्रो आकर्षण" भन्ने मुल नाराका साथ ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ मा गायक नवीन पौडेलले प्रस्तुती दिइरहदा पुर्बेलिको मन मात्रै नाचेन ज्यान मात्र नाचेन लगातार वान्स मोरको आवाज आइरह्यो।

पश्चिम पाल्पामा जन्मेका गायक पौडेलले जुन गित गाउछन त्यो गीतमा पुर्ब ताप्लेजुङ पाचथर इलाम झापा लगायत जिल्लाबाट महोत्सव अबलोकन गर्न आएका दर्सकले निक्कै साथ दिए। बोलाउँ बोलाउँ लाग्यो, बोलाइहालेँ मैपनी, नरिसाउनु कोहिपनी, बोलको गीतबाट प्रस्तुती सुरु गरेका गायक पौडेलले आजैभेट भाको ताप्लेजुङ आको म परेँ पाल्पाको, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, तिम्लाइ हेर्दा हेर्दै जुङ्गा पलायो, फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो, मैले तिम्लाइ हेरेको मन परेरै हो, घर मेरो सुदुरपश्चिम लगायतका करिब एक दर्जन गीत गायर सम्पुर्ण पुर्बेलिको मन जितेका थिए।

यथार्थपरक समयसापेक्ष महिलामुक्ती, रास्ट्रभावले ओतप्रोत एबम जनताका चेतनाका गीत गाउने पौडेलले बिश्वका करिब तीन दर्जन देस र नेपालका लगभग सबै जिल्लाका मुख्य मुख्य सहर तथा गाउमा पुगेर प्रस्तुती दिइसकेका छन। आकर्शक प्रस्तुतिले सबैलाइ झुमाउन सक्ने खुबी भएका गायक पौडेलले पुर्बेली दर्सक श्रोताहरुको मन पनि मज्जाले जिते। कार्यक्रममा के केटाकेटी के युबा युवती के बृद्द बृद्दा सबैले हुटिङ र ताली बजाएर साथ दिएका थिए। कार्यक्रमको अन्त्यतिर गायिका एबम डान्सर कुशुम परियार र नवीन पौडेलको दोहोरिले सबैलाइ मत्रमुग्ध बनाएको थियो। पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मुल समारोह समितिको आयोजनामा चलिरहेको महोत्सव यहि फाल्गुनको १३ गते सम्म सन्चालन हुने छ। सो कार्यक्रममा राजेस पायल राई, मेलिना राई लगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिदैछन।

गायक पौडेल प्रस्तोता समाज नेपालका पुर्ब सदस्य, रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य एबम अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष समेत रहिआएका छन।




मतहरू

Victorblert

However expending for caning cialis professional to deliberate inclement basic nature valves to amend those times.

JamesHip

ayurvedic jugular on precipitation the prance and yesterday of placenta cialis pills Stimulant Taylor's circumspect esophageal dysphagia severe, The Paunchiness Complications Occur.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?