Tuesday June 02, 2020

ईन्द्रेणी दोहोरी टीम बेलायत ल्याएर च्यारीटी कार्यक्रम गर्ने गुल्मी समाज युकेको तयारी

१३ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1335


ईन्द्रेणी दोहोरी टीम बेलायत ल्याएर च्यारीटी कार्यक्रम गर्ने गुल्मी समाज युकेको तयारी

शीतलपाटीन्युज डटकम।
लण्डन। मातृभुमीप्रेमी एवम बिकासप्रेमी गुल्मीबाट बेलायत बसोबास गरेका गुल्मेलीहरूले प्रत्यक्ष लोकदोहोरी मार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन, लोकदोहोरीको बिकास र संरक्षण गर्न सफल कार्यक्रम ईन्द्रेणीको टिमलाई बेलायत बोलाउने भएको छ। बेलायतमा सफल ब्यवसायीहरूको सामाजिक संस्था गुल्मी जिल्ला समाज यूकेले ईन्द्रेणी टिमलाई बेलायत ल्याएर कार्यक्रम गरी आपतकालीन कोष स्थापना गर्न लागेको हो। आउँदो ३० मार्च आयोजना गर्ने च्यारिटी कार्यक्रममा ईन्द्रेणीको विशेष लोकदोहोरी प्रस्तुत हुनेछ ।


सो कार्यक्रमको तयारीका विषयमा छलफल गर्न आइतबार गुल्मी जिल्ला समाज यूकेको तयारी बैठक बसेको थियो। महासचिव बिर बलालले सञ्चालन गर्नु भयको सो बैठकमा समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा भयको थियो। उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिनु भयको र सचिव मञ्जु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफीङ दिनु भयको थियो ।


वुल्वीचको बारकोड रेष्टुरेन्टमा भयको कार्यसमिति र सल्लाहकार समेतको सहभागितामा सम्पन्न बैठकमा कार्यक्रमको ढाँचा, कलाकार व्यवस्थापन, उनीहरुको भिसा प्रक्रिया लगायतका विषयमा छलफल गरियको थियो। मार्च ३० तारिख सोमबार मिडल्याण्डको नटिंगहममा पहिलो कार्यक्रम आयोजना हुनेछ साथै ईन्द्रेणी टिम बेलायतमा रहंदा लण्डन, अल्डरसट, स्कटल्याण्ड लगायत बेलायतका अरु केहि स्थानमा समेत कार्यक्रमहरु आयोजना गरिने गुल्मी जिल्ला समाज यूकेले जनाएको छ। कार्यक्रमलाई भब्य र सफल बनाउनका लागी संयोजक समाजका उपाध्यक्ष तारानाथ भण्डारी र सहसंयोजकमा सल्लाहकार रण केसीलाई चयन गरेको छ। त्यस्तै मिडल्याण्डका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी संयोजकले सदस्यहरु थप गर्ने बताइएको छ ।

संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम, निवर्तमान अध्यक्ष राम गलामी, सल्लाहकारहरु मोति भण्डारी, बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, फत्त थापा, गोकर्ण बस्नेत, ध्रुवराज अर्याल लगायतको उपस्थिती रहेको सो मीटीङमा कार्यसमितिका उपाध्यक्ष मति पुन, सहकोषाध्यक्ष तारा भट्टराई र सदस्यहरु मोहन घिमिरे, शिव राना, कमला भण्डारी,भक्त बलाल लगायतको बैठकमा उपस्थित थियो।

बेलायत रहेर सामाजीक र व्यक्तिगत रुपमा समेत गृहजिल्लामा परोपकारी कामहरु गर्ने सल्लाहकारहरु बालजंग अर्याल,फत्त थापा र मोति भण्डारीलाई अध्यक्ष टोप पल्लीले सम्मान गर्नु भयको थियो। साथै, वुल्वीचमा बारकोड रेष्टुरेन्ट सञ्चालनमा ल्याउने समाजकी सचिव मञ्जु भण्डारी, कृष्ण खरेल र गोकुल खरेललाई पनि सम्मान गरी शुभकामना दिइएको थियो ।
 




मतहरू

cialis prescription

tadalafil 20 mg uses [url=http://buyscialisrx.com/]cheap cialis online[/url] tadalafil raynaud's phenomenon buy cialis online high dose tadalafil tadalafil dolor de cabeza http://buyscialisrx.com/ tadalafil sale


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?