Saturday May 08, 2021

बाँसुरी साँझ अमरसंग  

१६ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 3562


बाँसुरी साँझ अमरसंग  

बाँसुरी साँझ अमरसंग  

म साहित्यमा पहिला देखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा वेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भए सम्म सम्मिलित हुने गर्दछु। यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन “सिर्जनाको घेरा भित्र सरुभक्त" एक कार्यक्रममा एक जना चीर परिचित नाम तर प्रत्यक्ष भेटघाट नभएको व्यक्तिसंग नजिकबाट चिनाजानी हुने ठुलो सौभाग्य मिल्यो। “सुधा गुरुङ” बि. एफ. बि. एस. हंगकंगमा "फुलबारी" कार्यक्रम चलाउनु हुँदा केवल रेडियो भित्र मात्र उहाँसंग भेट भएको हो। किशोर गुरुङ, सुबास प्रधान, उमा लिम्बु र सुधा दिज्युको आवाज हंगकंगमा रेडियो सुन्नेहरुको कानमा आज पनि उस्तै गरी पार्श्वमा गुन्जी रहन्छ। उक्त दिन देखि सामजिक संजालमा दिदीसंग नजिक हुने मौका मिल्यो। मेरो लेख्ने र बाँसुरी बजाउने सिकारु क्रमलाई समानान्तर रुपले अगाढी बढाउदै लाँदा गत जनवरी ४, सन् २०२० का दिन नेपाली दुतावास लन्डनमा भएको "नेपाल भ्रमण वर्ष २०२०" कार्यक्रमको बारेमा लेखेको मेरो एउटा लेख एभरेष्ट टाईम्समा प्रकाशित भएको थियो। त्यो दिनको बाँसुरी बादन अनुभवलाई समेटेर लेखेको लेख पढेर मलाई माया गरेर मिठो प्रतिक्रिया पनि दिनु भएको थियो। आफ्नो महत्वपुर्ण समय खर्चेर म जस्तो भर्खरै लेख्ने रहर बढेको तर गुणस्तर नपुगेको काँचो खुराक पनि मिठो मानेर ग्रहण गर्नु भएकोमा दिदीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
 
त्यसैको नतिजा स्वरुप गत १५ फेब्रुअरी, सन् २०२० का दिन एउटा पोस्टर संगै सुरेश वाड्कर र साधना सरगमको भिडियो सहित एक बलीवुड प्रशिद्ध बाँसुरी बादक अमर (ओक) बन्सीको एकल बाँसुरी बादन कार्यक्रमको जानकारी मेसेन्जरमा दिदीले पठाई दिनु भयो। हेरें एकछिन तर मलाई त्यति धेरै भारतिय बाँसुरी बादकहरुको बारेमा जानकारी नभएकाले दिदीलाई म पछि खबर गर्छु भनें। हुनत मैले बाँसुरी बजाएको कति नै पो भएको छ र धेरै कुरा जान्नु! उक्त कार्यक्रम बेजिङ्ग्स्टोक मल्टिकल्चरल फोरमले आयोजना गरेको जानकारी दिदीबाट प्राप्त भयो। यदि समय मिल्यो भने टिकटको लागि खबर गर्नु होला पनि भन्नु भयो। मेरो लागि यो मौका "के खोज्छस काना आँखो" भयो। यस्तो एकल बाँसुरी बादनको कार्यक्रम जीवनमा पहिला हेर्ने मौका नमिलेको हुनाले कतै यो नै प्रथम सौभाग्य हो कि जस्तो लाग्यो। मैले तुरुन्त हाम्रो बाँसुरी समुह युकेको समुहमा उक्त जानकारी राखें, केहि समय समुह चकमन्न भयो र सोचें कसैले चासो पो नराखेको हो की! केहि दिन पछि भरत जीले पहिलो प्रतिक्रिया दिनु भयो, अनि खडक जीले बहिनी सहित जाने निश्चय गर्नु भयो। अन्तमा म लगायत खडक छेत्री, सुजन छेत्री, लोक थापा, दीपक राई, सुरेद्र ईङ्ग्नाम, श्री थापा र भरत लोहोरुंग गरी हामी जम्मा ८ जना बाँसुरी समुह युकेको उपस्थिति रहने कुरा दिज्युलाई खबर गरें। हामी सबै प्रथम पटक बाँसुरी बादनको प्रत्यक्ष कार्यक्रममा सहभागि हुने भएकाले अत्यन्तै उत्साहित थियौं।

२३ फेब्रुअरी, सन् २०२० का दिन बेजिङ्ग्स्टोकको अल्डवर्थ स्कुलमा कार्यक्रम हुने जानकारी पोस्टरमा नै थियो। त्यसैले  झन्डै दिनको २ बजे तिर मेड्स्टोनबाट भाई सुरेन्द्र र म बाटो लाग्यौं। विभिन्न दिशामा छरिएर बसेका समुहका साथीहरुको  साझा ईच्छा बाँसुरीमा भएकाले न त कामले छेक्यो, न त लामो बाटोले नै। सबै जना निर्धारित समयमा जम्मा भयौं र सुधा दिदीले स्थानीय व्यक्तिहरु संग हामीलाई परिचय गराउनु भयो। कार्यक्रमको शुरुवात अपहरान्ह ४ बजे देखि शुरु भै ७ बजे समाप्त हुने भएको थियो। दिदीले हाम्रो लागि बस्ने सिट समेत रिजर्भ गरी दिनु भएको रहेछ। कसो दिदीले खादा र मालाको बन्दोवस्त पनि हाम्रो लागि गर्नु भएको। केहि जलपान र भलाकुसारी पश्चात कार्यक्रमको हल भित्र छिर्यौं।हामी हलमा पुग्दा मन्चमा अमर बन्सी र उनका तबला (विनायक नेट्के), ड्रम (अभिजित भादे) र कीबोर्ड (सत्यजित प्रभु) बादकहरु हामीलाई मनोरंजन दिलाउन शालीनताका साथ तम्तयार थिए। नेपाली समयमा चल्ने बानी परेको प्राय: एक डेढ घण्टा ढिलो मात्र कार्यक्रम सुरु हुने चलनमा हुर्केको म। दीईएको समयमा सबैको उपस्थिति र निर्धारित समयमा कार्यक्रम संचालन हुँदा समय कत्ति पनि खेर गएको थिएन। बेजिङ्ग्स्टोका मेयर डिन काउन्सिलर डायन टेलरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा डीपुटि मेयर काउन्सिलर ओन्नाली कबिटको पनि उपस्थिति रहेको थियो। आसन ग्रहण र खादाले स्वागत गर्ने परिपाटीमा हुर्केको म खै कताकता नमिलेको जस्तो भयो। त्यहाँ न आसन ग्रहण थियो, न खादा लगाई स्वागत, न त दुई शब्दको एक घन्टे बोरिङ्ग वक्तब्य नै थियो। जुन उद्देश्यले कार्यक्रम तय गरिएको थियो, कुनै अबिलम्ब सो कार्यक्रम संचालन भएको थियो। मनमा पुकारी रहें हे भगवान नेपालीले कहिले यसरी कार्यक्रम चलाउने होला? हामीलाई पनि यसरी समयको सदुपयोग गर्न सिकाई देऊ प्रभु।मन्चमा एक युवा र १४ वर्षकी किशोरी आएर सबैलाई स्वागत गर्दै कार्यक्रम संचालन गर्न तम्सिएका थिए। एक समाजका अगुवा व्यक्तिले उक्त किशोरीलाई कार्यक्रम संचालनमा सिकारु भएकाले प्रोत्साहन दिन अनुरोध गरे। यसरी युवा बर्गलाई उत्साह दिएर उनीहरुको सम्भाव्यतालाई हौसला दिने हेतुले कार्यक्रमको संचालन गर्ने जिम्मा एक किशोर किशोरीलाई दिएको कुरा मलाई ज्यादै उदाहरणिय लाग्यो।


झन्डै ३ सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रम दुई चरणमा विभाजित थियो। कलाकारहरुले आफ्नो बजाउने तालिका बाहेक श्रोताहरुको फर्माईसका विभिन्न धुनहरु पनि बजाएका थिए। कार्यक्रमको मध्यान्तरमा खानपिनको ब्रेक भएको थियो सोहि मौकामा सुधा दिज्युको पहलमा कलाकारहरुसंग नेपाली बाँसुरी समुहको सामुहिक तस्बिर समेत लिन सफल भयौं। उनिहरुले नेपाली बाँसुरी समुहको लागि "नाच्यो मैच्याङ्ग……."एक धुन पनि हामीलाई डेडिकेट गरेर बजाई दिएका थिए। त्यसपछि लगातार फर्माईसका धुनहरु सगै विभिन्न दशकका कालजयी धुनहरु सुनेर हाम्रो कानलाई पवित्र बनाई रह्यौं।कहिले लक्ष्मीकान्त प्यारेलाल, कहिले आर डि बर्मन, कहिले ए आर रहमानका सदाबहार धुनहरु सुनेर ३ घण्टा बितेको पत्तै भएन। उनीहरुले केहि अंग्रेजी गीतको धुन पनि बजाएर अंग्रेजी मुलका शोर्ताहरुलाई पनि सम्मान गरेक थिए।हामी सबैलाई अमर बन्सीको बाँसुरी धुनले मन्त्रमुग्ध बनाएको थियो। यो बाहिरी संसार भुलेर सायद बाँसुरीको धुनसंगै बिलिन भई रह्यौं। अमर बन्सी पछिल्लो समयका एक भर्साटायल भारतिय बाँसुरी बादक रहेछन्। उनको समुहले भारत लगायत न्युजिल्याण्ड, अस्ट्रेलिया, जाकार्ता, वेलायत र अन्य थुप्रै देशहरुमा कार्यक्रम गरी सकेका रहेछन। जुनसुकै प्रकारका गीतमा उनको बाँसुरी बजाउन सक्ने कलाले गर्दा पछिल्लो समयमा बलिवुड प्राय सबै कम्पोजरहरु माझ उनि प्रशिद्ध रहेछन्। बलिवुड गायिका साधना सरगम तथा गायक सुरेश वाडकरले आफुहरु पनि उनको बाँसुरी भक्त रहेको कुरा बोलेका छन्।यस्ता बाँसुरी बादकको शो हेर्ने मौका पाउनु हाम्रो लागि अहो भाग्यको कुरा हो, धन्य सुधा दिज्यु!

तीन घन्टाको त्यो समय एकदम छिटो बितेको महसुस भयो। धुन सुनेको बेला सबै संसार भुलेर आफुलाई धुनभित्रै समाहित गरेका थियौं।जब अमरले आफ्नो ४८४ औं पटकको कार्यक्रमलाई अन्त गरी र ध्यान दिएर सुनी दिएकोमा हामी श्रोता वर्गलाई धन्यवाद दिंदा पो मझसंग भएछु। आफ्नो वास्तविक धरातलमा उत्रेर हेर्दा समयले नेटो काटीसकेको रहेछ। कार्यक्रमको अन्तमा स्थानिय समाजका अगुवाहरुसंग पनि अन्तमा केहि भलाकुसारी भयो। भविष्यमा नेपाली बाँसुरी समुहको कुनै कार्यक्रममा सहभागी हुन पाउने आशा उनीहरुको थियो।जुन प्रतिक्रिया हाम्रो लागि ज्यादै सकारात्मक कुरा हो। कसै कसैले त हाम्रो समुहको पनि केहि धुनहरु सुन्न पाउने आशा राखेका रहेछन् रसुन्न नपाउँदाको असन्तुष्टी पनि पोखे। नामैले मल्टिकल्चरल फोरम, त्यसमा पनि सुधा दिदी जस्तो समाज सेवीको सहभागिता रहेकोठाउँमा स्थानिय समाजका अगुवाहरुसंग नेपाली समाजको राम्रो समन्वय र सम्बन्ध रहेको पनि अनुभुव भयो। हामी नेपालीकोअस्तित्वलाई बचाउन स्थानिय समाजसंग घुलमिल गराउने काम स्थानिय नेपालीहरुको भएको कुरा पनि थाहा भयो। यसरी एक बाँसुरीबिज्ञको प्रत्यक्ष कार्यक्रम सुन्न र हेर्न पाईयो, गीतको भाका नबुझ्नेलाई पनि बाँसुरीको भाकाले मन्त्र मुग्ध बनाएको प्रत्यक्ष हेर्न पाईयो।गित संगीतको शक्ति ठुलो हुने कुराको अनुभव गर्न पाईयो। अन्तमा सबै जना संग बिदा भएर आ-आफ्नो दिशातिर बाटो लागियो।सुरेन्द्रभाई र म पनि प्रफुल्ल मन बनाउँदै एम थ्री, एम २५ समातेर घर तर्फ हान्नियौं। बाटोभरी उही कार्यक्रमको बारेमा कुरा भयो, जीवनभोगाईका दु:ख सुखका कुराहरु साटासाट गर्दै बाटो काट्यौं। मान्छेका कति चाहानाहरु पुरा हुन्छन् कति अधुरै रहन्छन् तर हाम्रो भने त्योसाँझ एउटा ईच्छा पुरा भएको थियो।


खै! कहिले काहीं जिन्दगीमा कस्तो कस्तो संयोग मिल्छ, अनि नसोचेका कुराहरु पनि गर्न पाईन्छ। चाह राख्दा राख्दै कति ईच्छाहरु अपुरोहुन्छन् र मौका पर्खेदै अधुरो जीवन यापन गर्न विवश हुनु पर्दछ। ती अधुरा मनका चाहाना पुरा गर्न जन्मे देखि बाँचिन्जेल सम्म अनवरतरुपमा कोसिश गर्नु पर्छ। कसैको ईच्छा ठुलो हुन्छ भने कसैको सानो तर हरेक ईच्छाको महत्व उत्तिकै हुन्छ। रहरहरु अनगिन्ति हुन्छन् तीनैरहरहरु संग रमाएर जीवन जिउन सक्नु पर्दछ। अरु त खै के भनौं मनमा अनेकौं उत्कण्ठाहरु संग युद्ध गर्दै म पनि जीवनलाई उत्तरार्ध तर्फधकेल्दै जाँदैछु। यहि क्रममा कहिले अलिकति लेख्न सिक्छु। थोरै समय उबारेर बाँसुरी बजाएर उथलपुथल भएको मनलाई शान्तबनाउँछु। मौका पाउँदा सिर्जना र बाँसुरी दुवै कहिले आफैंलाई त कहिले अरुलाई पनि सुनाउने दुस्साहस गर्छु। मन परे त्यसैको बारेमा थोरैलेख्छु पनि र धेरै जसो मलाई स्याबासी दिनेहरुकै साथले अगाढी बढ्ने उर्जा पनि पाई रहेको छु। मेरो बाँसुरी बादन सिक्ने क्रमलाई योसुनौलो मौकाले अझ हौसला र उत्साह थपेको छ। सबै भन्दा ठुलो कुरा मनमा आनन्द रहेछ, जहाँ मन रमाउँछ त्यहाँ जीवनको पर्यायभेटिन्छ।



उक्त दिन बाँसुरीको मिठो धुनको अलवा कार्यक्रमको संचालन शैली, युवा पुस्ता र पुरानो पुस्ताको सहकार्य, समाजको एकता, साथैसमयको महत्व बारे राम्रो उदाहरण स्थानिय फोरमबाट हेर्न र अनुभव गर्न पाईयो। नेपाली समाजलाई यो अवस्थामा पाउन अझ कतिदशक लाग्ने हो। सायद पुरानो पुस्ताले नयाँ पुस्तालाई यसरी जिम्मेवारी नसुम्पने हो भने हाम्रो नेपाली अस्तित्व लामो समय रहला भन्नसकिन्न। कार्यक्रम कुनै ब्यापारको लागि नभएर उपस्थित श्रोताहरुको मनोरन्जनको लागि हो भन्ने कुराको पुष्टि भयो। त्यहाँ न कुनै सराबथियो, न केहि खराब, न कुनै खानाको स्टल नै थियो, थियो त केवल मिठो प्याजी र लड्डुको एक एक वटा बट्टा र प्रसस्त चिया कफी।खाने र पिउने भन्दा मनोरन्जनलाई प्राथमिकता दिएर च्यारिटीमा पैसा उठाएको र थोरै व्यवस्थापन खर्च गरी धेरै आयस्ता बनाउन सकिनेराम्रो उदाहरण सिकेर उक्त दिनलाई मैझारो गरियो।

 

सेमन्त राई

संखुवासभा

हाल वेलायत
 




मतहरू

Hangzhou Transfar Commodity Co., Ltd.

Hangzhou Transfar Commodity Co., Ltd.

Aluminum Foil Bag Printing

Aluminum Foil Bag Printing

3d Fiber Laser Cutter

3d Fiber Laser Cutter

Esl Tag

Esl Tag

Ptfe Tube Corrugated

Ptfe Tube Corrugated

Barley Malt Beer

Barley Malt Beer

18 Mower Blades

18 Mower Blades

Natural Gas Liquefaction Terminal Plant

Natural Gas Liquefaction Terminal Plant

Seca Body Composition Analyzer

Seca Body Composition Analyzer

Nanocrystalline C Core

Nanocrystalline C Core

Electric Curtain

Electric Curtain

Chiffon Printed Fabric

Chiffon Printed Fabric

Brass Swing Check Valve

Brass Swing Check Valve

DL-Mannitol Supplier

DL-Mannitol Supplier

China Dragon Tungsten Ring

Dragon Tungsten Ring Supplier

China Inconel Valve Ball

Inconel Valve Ball

Mask 4-Side Sealing Type Packing Machine

Mask 4-Side Sealing Type Packing Machine

Apron Plastic Disposable

Apron Plastic Disposable

Flat Scourer Machine

Flat Scourer Machine

bacterial filtration efficiency tester of mask

bacterial filtration efficiency tester of mask

Tanks

Tanks

N95 Mask Factory

N95 Mask Factory

Decorative Key Storage Cabinet

Decorative Key Storage Cabinet

China Automate Key Fob

China Automate Key Fob

500l Twin Shaft Concrete Mixer

500l Twin Shaft Concrete Mixer

Folding Cloth Car

Folding Cloth Car

Collagen Peptides For Men

Collagen Peptides For Men

Remote Tv Stand Lift

Remote Tv Stand Lift

Snow Magnesium Flakes

Snow Magnesium Flakes

China Cosmetics Law

China Cosmetics Law

Alunogenite

Alunogenite

3m Disposable Respirator

3m Disposable Respirator Supplier

Candida Albicans Isolated Supplier

China Candida Albicans Isolated

Bulldozer In Hindi

Bulldozer In Hindi

Heavy Duty Wagon Cart

Heavy Duty Wagon Cart

Inflatable Rib Boat Price

Inflatable Rib Boat Price

Glass Showcase Price

Glass Showcase Price

Hunan Colorway Technology Co., Ltd.

Hunan Colorway Technology Co., Ltd.

2 Person Folding Camping Chair

2 Person Folding Camping Chair

Fooseball Soccer Table

Fooseball Soccer Table

Aluminum Channel

Aluminum Channel

Automotive regulators handle 60V inputs

Automotive regulators handle 60V inputs

Oil Drill Bit Price

Oil Drill Bit Price

Ring Light Selfie Led

Ring Light Selfie Led

Hospital Surgical Light

Hospital Surgical Light

Pes Hot Melt Film

Pes Hot Melt Film

3.5 Hose Clamp

3.5 Hose Clamp

Cat Leash

Cat Leash

22uh Axial Inductor

22uh Axial Inductor

Steel Wire For Nail Making

Steel Wire For Nail Making

Beach Table

Beach Table

black tungsten ring mens Supplier

China black tungsten ring mens

Tunrbuckles Supplier

China Tunrbuckles

Automotive Relay Harness

Automotive Relay Harness

High Purity Alumina

High Purity Alumina

Flat Mop Floor Clean

Flat Mop Floor Clean

100% Polyester Golf Shirts

100% Polyester Golf Shirts

pweixin.net????????????????/??/??????????

11 Lines 8 Cartridges ??????????????

Activated Alumina

?????????????? Activated Alumina

????????????????

Slm Printer ?????????????????

China 4 Inch Ac Fan

????????????????? 4 Inch Ac Fan


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?