Saturday May 08, 2021

एक गजल

१९ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1483


एक गजल

~~एक गजल~~

उनैले भनेको वचन सुन्छु
उनैले देखेको सपना बुन्छु म

उनैले मागे त पुर्णेको चाँदनी
भुरुरु उडेर आकाशै छुन्छु म

एकान्त रहंदा मनको पीडाले
सताए उनकै समिप हुन्छु म

तगारो बनेर गोरेटो छेकेको
अमिलो सम्झना मनैले गुन्छु म

नजानी उब्जेको मनको धमिलो
मनैको जरुवा पानीले धुन्छु म

दुखेको कोमल हृदय हंसाई
बगेको आँशुको भेल नै थुन्छु म

नयन रसाई परेली भिजेको
देखेर उनकै काखमा रुन्छु म

चुडिन खोजेको मनको साईनो
दिलको धागोले बेस्सरी तुन्छु म

ईश्वर पुजेर आशिष माग्नेछु
जन्मेर फेरि उनैलाई चुन्छु म।

 सेमन्त राई

संखुवासभा

हाल वेलायत 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?