Sunday April 05, 2020

पदमको तमसुक: घरदेशदेखि परदेशसम्म जीवन भोगाइको दस्तावेज

२० फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1078


पदमको तमसुक: घरदेशदेखि परदेशसम्म जीवन भोगाइको दस्तावेज

ड़ा ऋषि बस्ताकोटी-

नेपाली साहित्यमा मूलत कवि तथा साहित्यिक संगठकको परिचय बनाएका पदम विश्वकर्मा "तमसुक" लिएर कथा साहित्यको बजारमा प्रवेश गरेका छन् । शिख बूक्सले बैशाख २०७६ मा बजारमा ल्याएको तमसुकभित्र पदम विश्वकर्माका घरदेशदेखि परदेशसम्ममा जीवन भोगाइका विविध आयाम समेटिएका २३ कथाहरू संग्रहित छन् ।

लम्जुङ्ग जिल्लाको धमिलिकुवामा निम्न मध्यम बर्गीय परिवारमा जन्मी हुर्केर समाज शास्त्र / मानव शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरी दश बर्षसम्म नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम अधिकृतको रुपमा काम गरेका र विगत करिव दुइ दशकदेखि  अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका पदमले जीवनमा अनेक रंगका भोगाइहरू भोगेका छन्, जीवनका अनेक वान्कीहरू देखेका छन् । नेपालमा हुँदा पदमले अध्ययन र  रोजगारीको शिलशिलामा देशका गाउँदेखि शहरसम्म डुलेर नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष नजिकैबाट अनुभूत गरेका छन् । अमेरिका प्रवाशनपछि शुरुका दिनमा आफू स्थापित हुन उनले पनि आम आप्रवासीले जस्तै अनेक दुख कष्ट भोगेका छन्, अनेक हण्डर ठक्कर खाएका छन् । उनी रोजीरोटी र व्यक्तिगत सुखसयलको मात्रै पछि नदौडेर विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूमा क्रियाशील छन् । उनी दुइ कार्यकालसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भई नेपाली साहित्यको विश्वव्यापीकारणमा सक्रिय रहे ।  हाल उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वोर्ड अफ ट्रष्टीको उपाध्यक्ष छन् । पदम जातीय भेद्भाभ विरुद्ध विश्वमंचको वरिष्ट उपाध्यक्षको रुपमा जातीय विभेद विरुद्धको सामाजिक आन्दोलनमा पनि क्रियाशिल छन् ।  यसरी जीवनको पांच दशकको अवधिमा धमिलिकुवाको गाउँदेखि संसारले सपनाको देश ठान्ने अमेरिकाको कोलोराडोसम्म आइपुग्दा देखेका, भोगेका र अनुभूत गरेका कुराहरूलाई पदमले तमसुकभित्रका कथाहरूमा सरल र मिठासपूर्ण तरिकाले बुनेका छन् ।

पदमले २३ थान कथाभित्र आफूले देखेको भोगेको समाज इमान्दारीपूर्वक लेखेका छन् । उनका कथाका पात्रहरूले पाठकलाइ कहिले लम्जुङ्ग, तनहुँ र गोरखाका गाउँहरूमा डुलाउँछन्, चेपे, मादी र मर्स्यन्ग्दीको  किनारै किनार हिडाउँछन्, कहिले काठमान्डौ, पोखरा र धारण पुर्याउछन् ।  पात्राहरूसंगै दुख र ऋणको भारी बोकेर कहिले अरवको खाडी पुग्न पाइन्छ त, कहिले मीठा मीठा सपना बोकेर बेलायत र अमेरिका हान्न्निन पाइन्छ । पात्रहरूले आफूसंगै कहिले टेक्सास पुर्याउञ्छन त कहिले लस एन्जल्स घुमाउँछ्न्, कहिले कोलोरयाड़ो लैजान्छन त कहिले नेव्रास्का र मिनेसोटा देखाउँछन।पदमका कथाहरूले कहिले शरणार्थी सपना बोकेर खुदुनावारीको शिविरदेखि अमेरिकाका विभिन्न शहरहरूमा भएका जीवन संघर्षका पेटारो फुकाउञ्छन् त कहिले दुर्व्यसनले बिगारेको जीवनको दर्दनाक व्यथा देखाउञ्छन् ।

विषयबस्तुका हिसाबले पदमले तमसुकभित्र कतै आर्थिक-सामाजिक विवेध लेखेका छन्, कतै रगत उम्लने गरी साहुको थिचोमिचो देखाएका छन्, कतै समयको काल खण्डमा मुलुकले भोगेको युद्धको त्रासद घाउ कोट्याएका छन् । पछिल्लो समय मुलुक युवाशक्ति खाडीमा निर्यात गर्ने र रेमिट्यान्सको भरमा चल्दै गरेको कटु यथार्थ र यससंगै विकराल वन्दै गएको यौन विकृति, मनोसामाजिक व्यथा र पारिवारिक विखन्डनको सवाललाई पनि पदमले तमसुकका केही कथाहरूमा प्रस्ट पारेका छन् । विस्वव्यापीकरण र प्रविधिको पहुँचसंगै युवा पुस्तामा पलाउन्दै आएका असीमित सपनाहरू, उपभोक्तावादी संस्कृति, सामाजिक आडम्बर, यौन विकृति पनि पदमका कथाका विषयबस्तु बनेका छन् । कुनै कथाले दलित र एकल महिलामाथि शक्तिको आधारमा हुने यौन शोषणलाइ देखाएका छन् भने कुनै कथामा यौनलाई जीवनको अपरिहार्य आवस्यक पक्षको रुपमा लिएर यौन मनोविज्ञानको सुक्ष्म प्रस्तुति गरेका छन् ।

कथाकार स्वयम् करिव दुइ दशकदेखि अमेरिका बसोबास गर्छन्, सायद यसैले पनि होला, तमसुकभित्रका धेरै जसो कथाहरूमा कथाकार पदमले अमेरिकाको नेपाली जनजीवन लेखेका छन् । खास गरी उनले यी खालका कथाहरूमा डिभी चिट्ठामार्फत होस् या अन्य कुनै माध्यमबाट ठुलो सपना बोकी अमेरिका आएका पहिलो पुस्ताको संघर्षको कथा लेखेका छन् । पात्रहरूको यान्त्रिक दिनचर्या, जीविकाका लागि क्रेडिट कार्ड घोट्न रातदिन हाड़  तनावयुक्त जीवन, नया ठाउमा आएपछि नेपालीले भोगेका सामाजिक, सांस्कृतिक मूलप्रबहीकरणको समस्या पदमले कथाहरूमा उजागर गरेका छन् । आप्रवासनसंगै आफ्नो वृत्ति बिकास गर्न भन्दा पनि खुला समाजमा देखिएका विकृति र स्वच्छन्दपन मात्रै सिकेर मानसिक तनावमा फसेका एक खाले प्रवृत्तिको पनि पदमले पर्दाफास गरेका छन् । अमेरिकी परिवेशमा लेखिएका केही कथाहरूमा भने पदमले अमेरिकी मूल प्रबाहका पात्राहरू मार्फत अमेरिकी जीवन शैली, संस्कार र सामाजिक-पारिवारिक सम्बन्धलाइ मिहिन रुपमा देखाएका छन् । यी कथाहरूले  नेपाली सन्दर्भका पाठकलाई अमेरिकी परिवेशको राम्रै स्वाद चखाउञ्छन। पदमले अर्को एक थरि कथामा हाम्रो समुदायका कथित वुद्धिजीवीहरू जति सुकै रुपान्तरणको नारा आलापे पनि, अरुलाई परिवर्तनको  ठुला ठुला पाठ सिकाए पनि  व्यबहारमा भने कसरी जातीय विवेधको पक्षपोषण गर्दै दलित परिवारमा जन्मेर सामाजिक क्षत्रमा अघि बढ्न लागेका पात्रहरूको आत्मा सम्मान दुखाउने काम गरिरहेका छन् भन्ने कुरा मर्मस्पर्शी तरिकाले प्रस्तुत गरेका छन् ।

तमसुकभित्रका कथाहरू हाम्रै कथा हुन्, हामीले बर्षौंदेखि हामीले देखेभोगेका हाम्रै समाजभित्रबाट टपक्क टिपिएका कथा हुन् । केही कथाका कथाबस्तु अल्लि पुरानो परिवेशका छन्, धेरै जसो बिषयवस्तु भने बदलिँदो विश्व परिवेश र बदलिँदो समाजसंगै विकास भएका घटना परिघटनासंग सम्बन्धित छन्। संरचनाका हिसावले सबै जसो कथाहरू घटनाप्रधान र  बिबरणात्मक लाग्छन्, कतिपय कथाहरूमा मनोवैज्ञानिक पक्ष राम्रैसग घोलिएको छ । शैलीगत हिसावले तमसुकका सबैजसो कथाहरू गुरुप्रसाद मैनाली लगायतले विकाश गरेको परम्परागत शैलीमै छन् । कथामा पात्रहरूको सुहाउँदो तरिकाले चयन गरिएको छ, कथा पढ्दा। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?