Sunday April 05, 2020

नेपाली राष्ट्रिय फुटवल टीमलाई प्रतिभा देखाउने मौका: साहारा युकेको प्रेष मीट भब्य

२१ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1161


नेपाली राष्ट्रिय फुटवल टीमलाई प्रतिभा देखाउने मौका: साहारा युकेको प्रेष मीट भब्य

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। फुटवल खेलको जन्मभुमी बेलायतमा यही आउदो २५ मे २०२० सोमबारको दिन नेपाल राष्ट्रिय फूटबल टिम र इङ्ल्यान्ड ''सि'' टिम बिच  हुन गैरहेको मैत्रीपूर्ण खेलका बारेमा इङ्ल्यान्डको अल्डरसट टाउन फुटवल क्लवको सभाहलमा भब्य प्रेषमीट सम्पन्न भयो। साहारा युकेका कार्यबाहक अध्यछ्य एवम साहारा एफसी प्रमुख कृष्ण गुरूङको अध्यछ्यतामा भयको प्रेषमीटमा खेलको पुर्ण प्याकेजका बारेमा अल्डरसट टाउन फुटवल क्लवका बोर्ड अफ डाइरेक्टर साहिद अजीमले प्रष्ट पारेका थिए।


साहिद अजीमले २५ मेई २०२० को सो खेलका लागी नेपाली खेलाडीहरू २१ मेइमा लण्डन आइ पुग्ने, २५ मेइको १५:०० बजे मैत्रीपूर्ण खेल खेल्ने र २७ मेइ मा नेपाल फिर्ता हुने बताए। अनुसासन, मनोरन्जन र सभ्य खेलका साथ सम्पन्न गर्नको लागि सहारा युकेले प्रमुख भूमिका खेल्दै नेपाली राजदुताबास लण्डन, एन आर एन युके, इङ्ल्यान्ड एफए, एन्फा नेपाल, हेम्पशाएर एफए, युके नेपाल फ्रेन्ड्शिप सोसायिटी, ग्यारीजन ब्रिटिश आर्मी, अल्डरसट टाउन एफसि, ग्रेटर रसमोर नेपाली कम्युनिटी, रसमोर बरो काउन्सीलको संयुक्त प्रयासमा फुटवल खेलको आयोजना गर्न लागीएको बताउनु भयको छ।


खेलका लागी आवस्यक पर्ने सम्पूर्ण बिभाग कार्य समितिको संयोजक सहारा युकेका पदाधिकारीहरु रहेको ब्यवस्थापकिय टीमले ब्यवस्थापन गर्ने छ। ७ हजार क्षमताको सो फुटवल स्टेडियममा ८०% नेपाली दर्शक र २०% मात्र अरु दर्शक रहने योजना गरीयको र खेल मैदानमा १६ बर्ष देखी ६५ बर्ष सम्मको एडल्टको प्रबेस शुल्क £१० र ६५ बर्ष माथीका तथा १६ बर्ष मुनिका बच्चाहरुलाई £५ पौण्डको बनांईएको छ।



यो अभियान नेपाल र बेलायत बिचको २०४ बर्षको ऐतिहासीक सम्बन्धको इतिहासको पहिलो रुप हो।अनलाइनमा किन्न सकिने प्रबेस टिकट बेच्ने जीम्मा साहारा युकेले लियकोले हाम्रो प्रतिष्ठा बढाउन र हाम्रो पहिचानलाई बढाउन आवस्यक रहेको छ। जती सक्यो धेरै उपस्थित भयर हाम्रो पहिचान देखाउन सकिने हुदा कार्यक्रममा संबोधन गर्नु हुने एनआरएन अध्यक्ष पुनम गुरुड्ग, साहारा युके कार्यबाहक अध्यक्ष गुरुड्ग, साहारा संस्थापक नविन गुरुड्ग, निवर्तमान अध्यक्ष मीन गुरुड्ग समेतले सबै नेपाली संस्था र नेपालीहरु एक भयर यो महान खेल इभेन्ट्सलाई सफल पार्न अनुरोध गर्नु भयको थियो। उपस्थीत एनआरएन युके निवर्तमान अध्यक्ष योग कुमार फगामी,ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष राम राई, निबर्तमान अध्यक्ष जीब बेलवासे, तमुधी युके बरिष्ठ उपाध्यक्ष हीतकाजी गुरुड्ग, सृजनसील समाजका संस्थापक अध्यक्ष शेर बहादुर सुनारले सल्लाहा दिनु भयको थियो।


अल्डरसट टाउन फुटवल क्लवको गेटमा डिजीटल डिस्पे गरी प्रचार प्रसार गरीने, नेपाली दर्शक बढी हुने भयकोले नेपाली पत्रपत्रीकामा ब्यापक प्रचार गर्ने निर्णय भयको सो समयमा एभरेष्ट टाइम्सबाट पुर्ण गुरुड्ग, ह्याबमुमेन्टबाट नविन गुरुड्ग र शीतलपाटीबाट बाचस्पति रेग्मीको उपस्थिती थियो। समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरू र फुटवल खेलप्रेमीहरूको उपस्थितीले प्रेषमीट भब्य भयो।
अन्य जानकारीका लागी:-

- Sahara UK
- www.theshots.co.uk




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?