Sunday April 05, 2020

हो म नारी हो: शंझना आचार्य रेग्मी नारी दिवस

२५ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1403


हो म नारी हो: शंझना आचार्य रेग्मी नारी दिवस

संझना आचार्य रेग्मी, बुटवल।

हो म नारी हो, एउटा घर भित्रको छोरी हो
म बुहारी हो र म सासु पनि त हो।

हो म नारी हो सृष्टिको सृजना हो
र घरकी लक्मी हो म र परिवार चलाउने चालक पनि त हो।

त्यसैले म भन्छु मलाइ सम्मान चाहिन्छ
महिला हक र अधिकार चाहिन्छ।

हो म नारी हो म महिला हक र अधिकार खोज्दै छु
यत्तिकैमा सुने तल्ला घरे भुन्टि दिदि चिच्याएको‌ ।

अनि फेरी सुने ति दिदि की छोरी लाइ त
पल्लाघरे ठुले दाइले अस्मिता लुटे अरे।

म झसङ्ग भएँ अनि फेरी भने हो म नारी हो
म देवि हो म सहन सक्छु‌।

तर त्यो छोरी मेरी भएको भए फेरि सोचे होइन
उसलाइ मेरो सहयोग चाहिएको छ उसको अधिकार हनन भएको छ।

म उसको अधिकारको लागि लड्दै थिए, फेरि
समाचार सुने पल्लाघरे काकिले बुहारी जलाइन् अरे
बिहेमा मोटरसाइकल दाइजो ल्याइनन् अरे।

म चिन्तित भए अनि फेसबुक खोले
अनि फेरी अर्को समाचार पढे ।

असि बर्ष को बृद्ध सासुलाइ आफ्नै बुहारीले दिसा खुवाइन् अरे, अनि फेरी म झसङ्ग भय,

अनि भने हो म नारी हो।

पुरुषले मात्र होइन रहेछ हाम्रो अधिकार खोसेको
यहाँ त नारीबाट पनि नारी कै अधिकार खोसियको रहेछ।

अब म कसलाई दिउ दोष यो समाज लाइ?
कि अधिकार वाला लाइ? कि यो देशलाइ कि यो कानुनलाइ?

म आफै रनभुल्लमा परे अनि म भन्न थाले
पुरुषले मात्र होइन नारी ले नारी लाइ पनि सम्मान दिउ।

अधिकार खोज्ने होइन पहिले पाएको अधिकारको सहि सदुपयोग गरौ, सामाजिक सद्भाव राखौ, नारीले नारीलाइ सम्मान गरौ।

अनि गर्भका साथ भनौ हो म नारी हो, हो म एउटा घर कि छोरी हो, हो म बुहारी हो र म सासु पनि त हो।।।।

अन्तर्राष्ट्रिय महिला दिवसको सबैमा शुभकामना ।।। धन्यवाद

🙏🙏🙏🙏🙏 जय नारी।।।।।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?