Wednesday October 20, 2021

कोरोना भाइरसबाट पर्ने संकटलाई सहयोग गर्न रसमोरमा समाजसेवीहरू तयार

५ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1324


कोरोना भाइरसबाट पर्ने संकटलाई सहयोग गर्न रसमोरमा समाजसेवीहरू तयार

शीतलपाटीन्युज डटकम।
लन्डन। कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्नेसमस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ। भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्तक्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन्।


कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्नसुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन्।


संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दतगर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए। उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ रघरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने रवहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए।


समूहमा अहिलेसम्म धेरै जनाको नाम आइसकेको र स्वयम्सेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवाविस्तार गरिने उनले बताए।

अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाईसक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्यादेखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिलास्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए ।


स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ ।

बिक्रम भट्टराई  ०७९१५०४६२०३

कृष्ण गुरुङ ०७८२५६६०५९४

थम विश्वकर्मा ०७८४६२३१९६०

जीव बेलबासे  ०७९००९०५३७९ 

भिम बानिया  ०७९८८७९१०८३ 

ए बि गुरुङ ०७८८६९९४३९०

हरि भट्टराई ०७८८६३२८७७६

बाचस्पति रेग्मी ०७४२७०२२९३१


(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमाशुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो सं.)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?