Tuesday September 29, 2020

ईङ्गलैण्ड 'सी' टीम र नेपाली राष्ट्रिय टोली बीच हुने फुटवल खेल स्थगित

५ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1252


ईङ्गलैण्ड 'सी' टीम र नेपाली राष्ट्रिय टोली बीच हुने फुटवल खेल स्थगित

शीतलपाटीन्युज डटकम।
नेपाल।  नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्लैण्डको ‘सी’ टोली बीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको कुरा सहारा युकेका अध्यक्ष कुमार गुरुङले जनाउनु भयको छ।

 


आहा रारा गोल्ड कपको कार्यक्रममा नेपाल रहेकै बेला अध्यक्ष गुरुङले शीतलपाटीन्युजका सम्पादकसंग कुरा गर्दै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्गलैण्ड फुटबल संघले प्रतियोगिता लाई स्थगन गर्ने निर्णय गरेको पत्र पठाएको जानकारी दिनु भयको छ।

 


इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले समेत जनाएको छ। एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको पत्र प्राप्त भयको हो । उक्त मैत्रीपूर्ण खेल आगामी जेठ १२ (२०२० मे २५) गतेका लागि तय भएको थियो ।

 


गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ ।

उक्त खेल युके स्थित अल्डरशट टाउन फुटबल स्टेडियममा हुने तय भएको र सो खेलको लागि अग्रिम टिकट बिक्री समेत खुल्ला गरिएको थियो। सात हजार जमातको सो हलमा ८०% दर्शक नेपाली हुने छन।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?