Saturday October 23, 2021

जीन्दगीको अनुभुति उबेला कोरोना थियो वा इबोला : पशुपति पोखरेल

७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1813


जीन्दगीको अनुभुति उबेला कोरोना थियो वा इबोला : पशुपति पोखरेल

पशुपति पोखरेलको फेसबुकवालबाट ।

मनन गरौ, के यो सम्भाबना अझै छ.? 
उहिले,

भकारीभरि धान र काेदाे हुन्थ्याे, बाेराभरी नुन, बारीभरी तरकारी, मुदुसभरि मरमसला हुन्थ्याे !

गाेठमा २ वटा लैनाभैँसी हुन्थे -  एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्याे ।

चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीकाे टन्टाे थिएन, चियापत्तिकाे टन्टाे थिएन ।

अधिकांश शाकाहारी थिए, मासु खानले वनमा चरेर हुर्केकाे "टेसिलाे" खसी खान्थे । सुइ घाेची घाेची ४ किलाे फुलाएकाे बाेइलर खाने चलन थिएन ।

साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलाे काटेर चुल्ठी बनाएर राख्थे ।
अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता DRY FOOD हरू घरघरमा हुन्थे ताकि अापतकालमा प्रयाेग गर्न पाइयाेस् ।

बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताकाे ख्याल थियाे ।

वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलिअाएका सुललित पदावली पाठ गर्थे ।
विहान विहानै गरिएको अावृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।

सिलाैटाेमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा माेही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे ।

बिहान उठेर महिलाहरू घरगाेठकाे काम गर्थे । पुरुषहरू घाँसकाे भारी लिएर आउथे। घर र गाेठकाे कामले शरीरलाई कसरत पुग्थ्याे, कसैलाई morning walk गर्ने आवश्यकता थिएन ।

रिफाइन गरेकाे तेल आएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउकाे चाेखिन खान्थे । ५०/५५ किलाकाे धानकाे बाेरा माथि अर्को बाेरा खप्टेर बाेकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे ।

माेही पारेपछि आगाेमा नाैनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा आगाे बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे।

सरसफाइकाे ख्याल गर्थे ।
अहिले झैँ काेठैपिच्छे वासरूम थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्नुपर्थ्याे ।

दिसापिसाब गरेका कपडा लगाएर खान नपराेस् भनेर धाेती फेरेर ढिँडाे खान्थे । सके खरानी, नसके माटाेले हात धुन्थे ।

दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियाे । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि याैनाङ्ग राम्रोसँग धुने चलन थियाे, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।

खानुअघि बलि वैश्वदेव हुन्थ्याे । पहिलाे गास कागलाई, दाेस्राे गाइलाई, तेस्राे गास कुकुरलाई । घरबाहिर राखिदिएकाे खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा आउन कम हुन्थ्याे ।

अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्याे । आगाे रङ्ग बदलेर बल्थ्याे ।  अनि खाना खान्थे । खाना खाएपछि माेही पिउँथे । माेहीले पचाउँथ्याे ।

उठ्नेबित्तिकै तामाकाे अङ्खराकाे पानी पिउँथे, यसले दिसा खुलाउँथ्याे । सुत्नुअघि मनताताे दूध पिउँथे, यसले निद्रा लाग्थ्याे ।

टाइट जिन्स लगाउने चलन थिएन । शरीरलाई आराम दिने खालका कपडा लगाउँथे ।

पितापुर्खाका नाममा चाैतारी चिन्ने पाेखरी बनाउने चलन थियाे । चाैतारीकाे वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानकाे अंश मानेर पूजा गर्थे । रूखले चीसाे हावा दिन्थ्याे ।

पाेखरी बनाएर माैलाे गाड्थे । माैलेले धार्मिक भाव उत्पन्न गर्थ्याे । डाँडामा लगेर पाेखरी बनाएकाले अझै पनि डाँडापाेखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पाेखरी फाेहाेर गर्दैनथे । वर्षातकाे पानी पाेखरीमा रिजर्भ हुन्थ्याे । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्राेत १२ महिनै रसाइरहन्थे ।

प्रकृतिप्रेम अनाैठाे थियाे । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जाेड्थे ।

विष्णुकाे पहिलाे अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दाेस्राे अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे । तेस्राे अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिकाे मिलनबाट पैदा भएका क्रस या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताकाे वाहन बताएर  संरक्षणको अधिकार दिए ।  याे अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे ।

गाेठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलाे थियाे, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन । अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्याे ।

घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीकाे उपचार हुन्थ्याे ।

वर्षाैँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैकाे सामूहिक मरण सुनिदैँनथ्याे ।

खानापान, सरसफाइह, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीकाे याे भन्दा अनुपम नमूना के हाेला ?

त्यसैले,
उ बेला न काेराेना थियाे, न इबाेला थियाे, न सार्स थियाे न इन्फ्लुएञ्जा ।

*******
अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हाे भने, यी काेराेना जस्ता महामारी राेग व्याधिबाट छुटकारा पाइन्थ्याे क?




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?