Wednesday October 20, 2021

कोरोना महामारी बिरूध्द एक्यवद्ध हुन एनआरएनएलाई पुर्व स्वास्थमन्त्री गगन थापाको अपिल

७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1703


कोरोना महामारी बिरूध्द एक्यवद्ध हुन एनआरएनएलाई पुर्व स्वास्थमन्त्री गगन थापाको अपिल

शीतलपाटीन्युज डटकम।
लन्डन । विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ। एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीवार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलियको कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका वारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताए । थापाले कोरोना भाइरसको संक्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको वताउँदै विश्वभर छरिएका नेपाली एकभएर यो महामारीबिरुद्ध लड्नु पर्ने वताए । थापाले विश्वभर छरिएको गैरआवासीय नेपाली संघको सञ्जालको प्रयोग गरेर विदेशमा सिकेको सिप र ज्ञानलाई समेत नेपालमा भइरहेको महामारीबिरुद्ध लड्न सदुपयोग गर्न सकिने वताए । उनले विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए ।

२ घण्टाभन्दा बढी बैंठकमा समय व्यथित गरेका थापाले संघका विश्वभर छिरिएका शाखालाई विदेशमा कोरोना भाइरसबाट कति नेपाली प्रभावित भएका छन् त्यसको तथ्यांक संकलन गर्न सुझाव दिए। थापा उच्चस्तरीय समितिको सल्लाहकार हुन् । बैठकले १ हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । सो कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलले तयार गरेको कार्यपत्र (सुझावपत्र) नेपाल सरकार समक्ष पेश गर्ने तयारी गैरआवासीय नेपाली संघको छ ।

वैठकमा उच्चस्तीरय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावका बारेमा आफ्ना भनाइ राखेका थिए । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस परिक्षण विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप भएको बताउँदै सबैलाई सो परिक्षणप्रति आस्वस्थ हुन आग्रह गरेका थिए ।

अध्यक्ष पन्तले कोरानो भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कार्यहरुको जानकारी दिएका थिए । पन्तले संघले पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल जान लगाएको रोक व्यवहारिक नभएको जनाए । उनले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा बैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाई भोग्नुपर्ने आवस्था आउन लागेको बताउँदै सम्वन्धित सबै पक्षलाई सहयोगको लागि अपील गरेका थिए ।

बैठकमा कोरोना भाइरसका कारणले उत्पन्न आर्थिक तथा समाजिक पक्षलाई पार्न सक्ने कठिनाइमा केन्द्रीत रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । चीनमा महामारीको रुपमा फैलिएको कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो । यसअघि संघले हेल्थसम्वन्धी एक उपसमितिमार्फत नेपालमा स्वास्थ्य क्षेत्रमा सेवा दिदैं आएको थियो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?