Sunday April 05, 2020

कोरोना भाईरसका कारण नेपाल प्रहरीका सबै तालिम स्थगित, बिदा जान पनि रोक

९ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1060


कोरोना भाईरसका कारण नेपाल प्रहरीका सबै तालिम स्थगित, बिदा जान पनि रोक

शीतलपाटीन्युज डटकम।
काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल प्रहरीले सञ्चालन गर्दै आएका तालिम स्थगित गरिएको छ । प्रहरी प्रधान कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सर्तकर्तास्वरुप सबै तालिममा रोक लगाएको हो ।

प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित) एआईजी शैलेश थापा क्षेत्रीका अनुसार प्रहरी निरीक्षकको आधारभूत तालिम ‘डिप्लोमा इन पोलटिकल साइन्स’,विभिन्न तहको भर्ना छनोट, बाहिर गरिँदै आएका अन्य तालिम तत्कालका लागि स्थगित गरिएको छ।

यसबाहेक तालिम केन्द्रबाट कसैलाई पनि बाहिर जान नदिने, अत्यावश्यक बाहेकका भेटघाट समेत बन्द गरिएको छ।विभिन्न कार्यालयका प्रमुखलाई सुत्केरी र किरियाबाहेकका सबै बिदामा रोक लगाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

सबैको बिदा तत्कालका लागि रोक्ने विषयमा आवश्यक गृहकार्य भइरहेको बताइएको छ । उपत्यकामा भने सबै प्रहरीको बिदामा रोक लगाइसकिएको छ ।

१३ हजार जनशक्ति तयारी अवस्थामा :

प्रहरी प्रधान कार्यालयमा १३ हजार जनशक्तिलाई आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा राखिएको छ। यसबाहेक सबै प्रदेशमा ५० बेडको क्वारेन्टइन बनाउन निर्देशन दिइएको र त्यसका लागि आवश्यक टेन्ट वितरण प्रक्रिया सुरु भएको प्रवक्ता क्षेत्रीले बताए ।

त्यस्तै प्रहरी अस्पताल काठमाडौंमा २० बेडको आइसोलेसन, काठमाडौंमै रहेको प्रहरीको २ नम्बर गणमा ५० वेडको क्वारेन्टाइन बनाइन लागेको उनले बताए । यसबाहेक जनचेतनाका काममा पनि प्रहरी सक्रिय रहेको प्रवक्ता क्षेत्रीले बताए ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?