Sunday April 05, 2020

नेपाली राजदूतावास लण्डनबाट आयरल्याण्ड र माल्टामा पनि कोराना प्रकोप सम्बन्धी सूचना आदानप्रदान,समन्वय तथा सहयोग समिति गठन

१० चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1302


नेपाली राजदूतावास लण्डनबाट आयरल्याण्ड र माल्टामा पनि कोराना प्रकोप सम्बन्धी सूचना आदानप्रदान,समन्वय तथा सहयोग समिति गठन

शीतलपाटीन्युज डटकम।

लण्डन। आयरल्याण्ड र माल्टामा कोरोना भाइरसको संक्रमण फैलिरहेको सन्दर्भमा आयरल्याण्ड र माल्टामा रहनुभएका नेपालीहरुमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न राजदूत डा दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा देहायका महानुभावहरु सदस्य रहनुभएको कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरिएको व्यहोरा अनुरोध गरिन्छ ।

आयरल्याण्ड : श्री शुक्रराज न्यौपाने, श्री मिलन छन्त्याल, श्री दीपेशमान शाक्य, श्री गणेश प्रसाई, श्री राजन काफ्ले, श्री नवराज कोइराला, श्री शुकमान तामाङ्ग, श्री जीवन तिमिल्सिना, श्री चन्द्रकला निरौला, श्री अवैद्यपाणी गौतम, सुश्री दिपा राई, श्री वालकृष्ण श्रेष्ठ, श्री मेख गुरुङ्ग, श्री प्रकाश श्रेष्ठ, श्री ज्ञानसिंह पुन, श्री करुणा थापा, श्री हरिनारायण शाह, श्री सगुन श्रेष्ठ, श्री वावुकाजी ओली, श्री भीम गौतम, श्री लोक त्रिपाठी, श्री लक्ष्मी पौडेल, श्री राजकुमार महत, श्री विनोद कार्की, श्री कृष्णकुमार डंगोल, श्री शारदा प्याट्रिकयू, श्री राज थापा र श्री रामनारायण पौडेल र सदस्य-सचिव उप-नियोग प्रमुख श्री शरदराज आरण ।

माल्टा : श्री सोम सापकोटा, श्री राजु अर्याल, श्री तेजबहादुर लिम्वु, श्री तेजबहादुर के.सी, श्री सन्देश के.सी, श्री सुदिन पोखरेल, श्री प्रकाश भण्डारी, श्री रोशन गिरी, श्री दिनानाथ भट्टराई, श्री कृष्ण भण्डारी, श्री सरिता राई, श्री सुश्मा राई, श्री शंकर गुरुङ्ग, श्री शिवनारायण राय, श्री महेश्वर श्रेष्ठ, श्री मनित सेढाई र सदस्य-सचिव उप-नियोग प्रमुख श्री शरदराज आरण ।

यहाँहरु सबैले एक अर्कामा समन्वय गरी कोरोना भाइरसको प्रकोपले पीडित नेपालीहरुलाई सूचना आदानप्रदान, सुझाव र सहयोग प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ । साथै यस समितिमा आवश्यकता र सम्बन्धित व्यक्तिको स्वयं सेवा गर्ने चाहना बमोजिम सदस्यहरु थप गर्न सकिने छ । यहाँहरु लगायत आयरल्याण्ड र माल्टामा रहनुभएका समस्त दाजुभाई तथा दिदीबहिनीहरुको अमूल्य सहयोग र सुझावबाट कोरोनाको प्रकोपबाट पीडित हुने र हुनसक्ने नेपालीहरुलाई सहयोग पुग्ने आशा र विश्वास गरिएको छ । यहाँहरुले गरेको सहयोग र सुझावहरु तथा कोरोना प्रकोपबाट पीडित व्यक्तिहरुको विवरण, सम्पर्क नम्बर यस राजदूतावासको इमेल ः [email protected] मा उपलव्ध गराई दिनु हुन समेत हार्दिक अनुरोध गरिन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?