Sunday April 05, 2020

साउथ इष्ट लण्डनमा नेपाली युवाको असामहिक निधन

१० चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 2450


साउथ इष्ट लण्डनमा नेपाली युवाको असामहिक निधन

शीतलपाटीन्युज डटकम।
लण्डन । साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको समाचार प्राप्त भयको छ ।

उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल, उलीच लण्डनमा लगिएको थियो। गए राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

चितवन बसैनी घर भएका अर्याल करिब २३/२४ वर्षदेखि लण्डनमा परिवारसंग  बसोबास रहेको बुझिएको छ। चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन ।

उनी , श्रीमती र एक छोरा, एक छोरीका साथ लण्डनमा रहेका थिए। अस्पतालबाट उनको मृत्युको कारण पत्ता लाग्न ७२ घण्टा लाग्ने बताइएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?