Sunday April 05, 2020

वेबिनार निर्वाचन प्रणालीद्वारा तिलक भट्टराई बने ऐतिहासिक प्रथम अध्यक्ष

११ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1162


वेबिनार निर्वाचन प्रणालीद्वारा तिलक भट्टराई बने ऐतिहासिक प्रथम अध्यक्ष

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलयातमा रहेका नेपाली व्यवसायीहरुको संस्था Graduate Entrepreneur Nepalese Society (GENS UK) को तेस्रो महाधिवेसनबाट तिलक भट्टराई अध्यक्षमा मनोनित हुनु भएको छ।

सिंगो बिस्वनै COVID-19 को महामारीले संक्रमित भएको अवस्थामा इन्टरनेटको प्रयोग गरि वेबिनार प्रविधिबाट महाधिवेसन गरिएको हो। संस्थाले सबैको समय र मिटिंगमा हुने अनावश्यक खर्चलाइ मध्यनजर राख्दै पहिले पनि धेरै पटक कन्फरेन्स मिटिंग गर्दै आएको जानकारी नवनियुक्त अध्यक्ष भट्टराईले बताए।

प्रविधिको बिकास संगै वेबिनारको माध्यमबाट मिटिंगहरु हुने गरे पनि यसरि महाधिवेसन नै वेबिनारबाट भने सायद पहिलो पटक नै भएको कुरा संस्थाका संस्थापक अध्यक्ष शालिकराम सापकोटा बताउछन। यसरि नवनियुक्त अध्यक्ष तिलक भट्टराई सम्भवत वेबिनार प्रविधिको प्रयोग गरेर बनेका प्रथम ऐतिहासिक अध्यक्ष भएको उनि बताउछन। GENS UK का निवर्तमान अध्यक्ष बिष्णु चोङ्गवाङ्गले नया कार्यसमिति चयन प्रक्रियामा अनलाइन भोटिंग गर्न आफुहरु प्राविधिक रुपले तयार भए पनि चुनावमा जान भने नपरेको बताए। वेबिनारबाट कार्यक्रम गर्दा धेरै नै प्रभावकारी हुने भएकोले सबै संघ संस्थाले प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको कुरा चोङ्गवाङ्ग बताएकाछन। त्यसै गरि आवश्यक परे अन्य संस्थाहरुलाइ अनलाइन भोटिंग गरेर चुनावी प्रक्रिया छिटो, कम खर्चालु र प्रभावकारी गराउन GENS UK ले सहयोग गर्न सक्ने पनि उनि बताउछन।

२१ मार्च २०२० मा भएको महाधिवेसनबाट बनेको GENS UK को नया कार्यसमितिको नामावली यस प्रकार छ। अध्यक्ष तिलक भट्टराई,उपाध्यक्षहरू श्याम खत्री,दिपक गैरे,गणेश थापा, महासचिव राजेन्द्र भण्डारी,उपमहासचिव रबिन्द्र रानाभाट, कोषाध्यक्ष राम थापा, सदस्यहरू सुर्य बिक्रम केसी, सन्तोष कार्की,राजेन्द्र खस रहनुका साथै सल्हाकारहरुमा शालिकराम सापकोटा, लेखनाथ गैरे, बिष्णु चोङ्गवाङ्, लक्ष्मण पाण्डेय, मैना शर्मा मनोनित हुनु भयको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?