Tuesday June 02, 2020

बेलायती राजदरवारमा कोरोना भाइरसले राजकुमार चार्ल्स संक्रमित

१२ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1225


बेलायती राजदरवारमा कोरोना भाइरसले राजकुमार चार्ल्स संक्रमित

शीतलपाटीन्युज डटकम।
लण्डन।  बेलायतका भबिष्यका राजा ७१ बर्षीय राजकुमार चार्ल्स कोरोना भाइरसबाट संक्रमित भएको समाचार छापाहरुमा प्रकासन भयको छ।

उनलाई कोरोना भाइरसका औशत लक्षणहरु देखापरेको छ।चिकित्सकहरुका अनुसार कोरोना भाईरस पोजिटिभ देखीय पनि उनको स्वास्थ्यस्थिति स्थिर र राम्रो छ।

राजकुमार चार्ल्समा कोरोनाका लक्षणहरु देखा परेपछि उनी घरमै क्वारेन्टाइनमा छन् र पछिल्लो केहिदिन देखि घरबाटै काम गरिरहेका छन्।

उनको श्रीमती ७२ बर्षिया केमीलाको स्वास्थ्य परिक्षणबाट भने कोरोनाको नतिजा उनको भने नकारात्मक भएको छ। उनीहरु आफ्नो घर बल्मोरल स्कटल्याण्डमा सेल्फ आइसोलेशनमा बसेका छन् ।

युवराज चार्ल्समा सोमबार कोरोनाको लक्षण देखिए पछि अहिले उनका ६ जना कर्मचारी पनि आइसोलेशनमा छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?