Saturday October 23, 2021

बेलायतका प्रधामन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

१४ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1876


बेलायतका प्रधामन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायती प्रधानमन्त्री बोरिस  जोनसन कोरोना भाइरसबाट संक्रमित भएको टेन डाउनिंग स्ट्रीटले जनाएको छ। उनमा कोभिड-१९ का हल्का संकेतहरु देखिएका र उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसी रहेको उनको कार्यालयले जनाएको छ।

“कोरोना संकटसंग जुध्न बेलायत सरकारको प्रयासको उनले नै नेतृत्व गर्ने छन्,” वक्तव्यमा भनिएको छ। कोरोनाको केही संकेत देखीएपछी इंगल्याण्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाह पछि उनको परिक्षण गरिएको थियो ।

यसअघि बेलायतका राज कुमार चार्ल्समा पनि कोरोना संक्रमण पाइएको उनको कार्यालयले जनाएको थियो। ७१ वर्षीय राजकुमार चार्ल्स आफ्नी श्रीमतीका साथ स्कटल्याण्ड स्थित बालमोरलमा एकान्तवासमा बसीरहेका छन्। उनकी श्रीमतीलाई भने संक्रमण देखिएको छैन ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?