Wednesday May 27, 2020

होलिकाउद्वारा एनएचएस स्टाफलाई निशुल्क खाना, अनलाइन अर्डरमा छुट

१६ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1368


होलिकाउद्वारा एनएचएस स्टाफलाई निशुल्क खाना, अनलाइन अर्डरमा छुट

शीतलपाटीन्युज डटकम ।
लण्डन -- बेलायतमा नेपाली व्यवसायीद्वारा संचालित होलि काउ समूहले आफ्नो ब्रान्च नजिकका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ। हाल एउटा फाइन डाइन सहित होलि काउका ९ ओटा ब्रान्चहरू रहेका छन् ।

 



कोरोना महामारीको संकटमा वृद्ध-वृद्धा र आफ्ना एक दशक देखिका ग्राहकहरुलाई ताजा खाना पुर्याएर सेवा गर्नु आफ्नो कर्तब्य  रहेको कारण स्टाफ र संचालकहरुले हालसम्म सबै ब्रान्चहरु खुल्ला राखेर सेवा गरिरहेको  होलि काउ समूहका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

पैसा र जोखिमलाई भन्दा एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका अत्यावस्यक सेवा जस्तै आफुहरुले पनि यो संकटको घडीमा ग्राहकहरुलाई घरघरमा खाना पुर्याएर सेवा पुराइरहेको आचार्यले बताए ।

होलि काउले हाल आफ्ना ब्रान्चहरुबाट संकटमा परेका वृद्धवृद्धाहरुलाई निशुल्क खाना तथा एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन अर्डरमा २० प्रतिशत छुटको व्यवस्था गरेको पनि आचार्यले जानकारी दिए  ।

सन २००६ मा सेवा शुरु गरेको होलि काउ समूहले नेपाली समुदायका कल्याणकारी गतिविधीहरुसँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?