१६ चैत्र, २०७६
शीतलपाटीन्युज डटकम ।
लण्डन । कोरोना भाइरसको कारण निम्तिएको महामारीले बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट पनि प्रभावित भएको छ। तमु धिं यूकेको आयोजनामा आउँदो मे महिनाको २४ तारिख आइतबारका लागि निर्धारित १८औं गोर्खाकप पछि सर्ने भएको छ ।
तम धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्तितम धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्ति
Posted by Tamu Dhee UK on Sunday, March 29, 2020
भिडियो कन्फरेन्समार्फत सम्पन्न तमु धिं यूकेको बैठकले कोरोना संकटका कारण उत्पन्न असहजताले गर्दा गोर्खाकप यसअघिको तोकिएको मितिमा स्थगित गर्ने निर्णय गरेको हो ।
तमु धिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र महासचिव तुलाराम गुरुङले एक वक्तत्व जारी गर्दै स्थितिमा सुधार आएसंगै गोर्खाकप कै लागि नयाँ मिति घोषणा गरिने जानकारी गराएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय स्तरमै फैलिएको त्रासदीपुर्ण वातावरणलाई मध्यनजर गर्दै गोर्खाकप स्थगनको निर्णय गरिएको तमु धिं युकेले बताएको छ। आम समुदाय, खेलप्रेमी, खेलाडी तथा शुभेच्छुकहरुको चाहनाविपरित खेल स्थगनको निर्णय गर्नुपरेकोमा संस्थाले दुख व्यक्त गरेको छ। कोरोना प्रकोपलाई नियन्त्रण गर्ने प्रयासमा बेलायत सरकारले जारी गरेको लकडाउन, दुई भन्दा बढिको समुहमा भेला हुन रोक लगायतको अवस्थामा गोर्खाकप सञ्चालन गर्न नसकिएको तमु धिंको भनाइ छ।
विषम परिस्थितिमा देश तथा विदेशका सरकार, समुदाय, संघसंस्था, स्वास्थ्यकर्मी तथा स्वयमसेवीहरुले चलाएको कोरोनाविरुद्धको अभियानमा तमु धिं यूकेले पनि ऐक्यबद्धता सहित आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
बिज्ञप्ति: