Saturday September 18, 2021

कोरोना विरुद्ध भ्याक्सिन आउन कम्तीमा १८ महिना लाग्छ’ : डा. बिभु पौड्याल

१७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 2001


कोरोना विरुद्ध भ्याक्सिन आउन कम्तीमा १८ महिना लाग्छ’ : डा. बिभु पौड्याल

शीतलपाटीन्युज डटकम ।
लण्डन। ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा विभु पौड्याल इन्टरन्यास्नल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादक पनि हुन् । युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्याल औषधि प्रयोग सम्बन्धि अनुसन्धानका विशेषज्ञ पनि हुन्। उनीसंग हामीले कोरोना भाइरसको संक्रमण र सम्भाव्य उपचारको विषयमा केन्द्रित रहेर कुराकानी गरेका थियौं। यो कुराकानी नेपाल पत्रकार महासंघ युके शाखाको कोरोना भाइरससम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो ।

कोरोना भाइरसको औषधि नभएकै हो त ?
यो नयाँ भाइरल संक्रमण हो। यो नयाँ स्ट्रेनको भाइरस हो । कुनै पनि नयाँ औषधि बजारमा ल्याउन १०-१५ वर्षको समय लाग्छ । यो नयाँ रोग भएकाले सबै नियामक प्रक्रिया छिटो गर्दा पनि नयाँ औषधि आउन कम्तिमा ५ वर्ष र भ्याक्सिन आउन कम्तीमा १८ महिना लाग्नेछ ।
हामी औषधि विज्ञानको विकासको अति विकसित चरणमा छौँ । तैपनि कोरोनाको औषधि पत्ता लगाउन किन नसकिएको ?
डब्लुएचओ, एनएचएस इंगल्याण्ड, अन्तर्राष्ट्रिय गाइडलाइन्स अनुसार अहिलेको परामर्शअनुसार जरो र दुखाइ कम गर्नका लागि प्यारासिटामोल खानु पर्छ । वयस्क बिरामीको लागि ५०० एमजी x २ पटक, ६- ६ घन्टाको अन्तरमा खानु पर्छ । तर त्यो भन्दा बढी लिनु हुंदैन । बढी लियो भने खतरा हुन सक्छ। खोकीको औषधि, कागती र मह, नुन पानीले गलगल गर्ने, पानी टन्न पिउने, स्वस्थ खाने कुरा खाने, पिसाब पहेंलो हुन नदिने, एक्लै बस्ने। अरु भाइरल संक्रमण जस्तो हेपाटाइटिस, एचआइभीको उपचार अहिले सम्भव छ, तर एउटा भाइरसको औषधिले अरुलाई काम गर्दैन। तर कोरोना भाइरसको औषधि विकास गर्ने प्रारम्भिक नतिजा चाहीं त्यति भरपर्दो आएको छैन।

एन्टीजेन टेस्ट र एन्टीबडी टेस्टमा के फरक छ? अहिले युकेमा ल्याउन लागेको कोरोना एन्टीबडी टेष्टकिट कत्तिको प्रभावकारी होला ?
एन्टीजेन टेस्ट भाइरस छ कि छैन भनेर गरिने परीक्षण हो, तर यो अझै सर्वसुलभ छैन। गत शनिवारदेखि स्वास्थ्यकर्मीहरुमा यो टेस्ट शुरु गरिएको छ। एन्टीबडी टेस्ट चाहीं हाम्रो शरीरमा कुनै संक्रमण छ कि छैन भनेर गरिने टेस्ट हो किनभने यदि हामीलाई संक्रमण भएको छ भने त्योसंग लड्न हाम्रो कोषले एन्टीबडी उत्पादन गर्छन् र त्यसको मेमोरी त्यहाँ रहिरहन्छ । त्यो हेर्नका लागि अहिले प्रयोगशालाहरुमा परीक्षण भै रहेको छ, तर यो कत्तिको भरपर्दो छ भन्ने अझै थाहा छैन । यदि यो भरपर्दो भयो भने हामीले घरमै पनि टेस्ट गर्न सक्छौं ।

विभिन्न देशहरुमा कोरोनाविरुद्धको इन्जेक्सन पनि परीक्षण भएको सुनिन्छ । कहिलेसम्म बजारमा आउला ?
कुनै पनि कम्पनीको प्याटेन्ट २० वर्षको लागि हुन्छ । त्यसमध्ये औषधि विकास गर्नै ८-१० वर्ष लाग्छ । त्यसैले मूल्य पनि महँगो हुन्छ । तर डब्लुएचओ लगायत अन्तर्राष्ट्रिय समुदायको सहकार्य भयो भने सस्तोमा औषधि उपलब्ध हुन सक्छ । अहिले एचआइभीको औषधि त्यसरी नै सस्तो भएको हो ।

एनएचएसले पहिले आइबुप्रोफेन खान सुझाव दिएको थियो । पछि हटायो । कारण के होला ?
आइबुप्रोफेन धेरै पुरानो औषधि हो। संसारभरि यसको उपयोग बढी छ जरो र दुखाइ कम गर्न। तर केही वर्ष यता प्रश्नहरु उठ्न थालेका छन् खासगरी लामो समयसम्म प्रयोग गर्दा मुटुमा साइड इफेक्ट पर्न सक्छ भनेर। त्यस्तै सुन्निने कम गर्ने संयन्त्रले हाम्रो रोग प्रतिरोध प्रणालीको प्रतिक्रिया कम गर्ने हो कि भन्ने खतरा पनि छ, तर यो प्रमाणीकरण भने भै सकेको छैन। अब्जर्भेशनको आधारमा खासगरी युवा उमेर समूहका बिरामीहरुलाई यो औषधिले रोग प्रतिरोध प्रणालीलाई कम्जोर पारि दियो भने भाइरसले च्याप्ने हो कि भन्ने थ्योरी पनि आएको छ । त्यसैले जरो र दुखाइ कम गर्न अहिले चिकित्सकहरुले प्यारासिटामोलको प्रयोगमा नै जोड दिइरहेका छन् । तर प्यारा सिटामोल पनि धेरै खायो भने विष हुन्छ र यसले कलेजो तथा मृगौलामा समस्या ल्याउन सक्छ।

शरीरको प्रतिरोध क्षमता बढाउन के के गर्न सकिन्छ ? के घर भित्र बस्नु नै उत्तम उपाय हो?
हाम्रो शरीरको रोग प्रतिरोध क्षमता बढाउन शारीरिक तन्दुरुस्ती जरुरी छ । शारीरिक व्यायाम विस्तारै शुरु गरेर बढाउंदै जानु पर्छ। बगैंचामा काम गर्ने, योग, ध्यान, व्यायाम गर्ने र सबैभन्दा जरुरी पानी र अन्य तरल पदार्थ पिउने गर्नु पर्दछ । व्यायाम गर्दा शरीरले एक किसिमको रसायन उत्पन्न गर्छ जसले रोग प्रतिरोध क्षमता बढाउंछ । बेलायतमा अहिले दिनमा एकपटक व्यायाम गर्न बाहिर जान पाइन्छ, तर सोसल डिसट्यान्सिंग पालना गर्नु पर्छ । अहिलेकै लागि चाहिं घरमै बस्नु र यो भाइरसबाट जोगिनु सबैभन्दा महत्वपूर्ण छ।

नेपालजस्ता मुलुकहरुले कोरोना संक्रमणसंग जुध्न के तयारी गर्नु पर्ला?
नेपालमा अहिले पनि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच कम छ । नेपाल सरकारको तत्परता सह्राहनीय छ। देश भित्र र अन्तर्राष्ट्रिय यात्रा रोक्नु राम्रो कदम हो । अब स्वास्थ्य सेवा केन्द्रहरुलाई तयारी अवस्थामा राख्नु पर्छ। त्यस्तै सेना, प्रहरी, स्वयम्सेवा क्षेत्रलाई तयारी अवस्थामा राख्नु पर्छ । यसबाहेक सपोर्टिभ थेरापी जस्तै अक्सिजन, औषधिहरु, आइसोलेशन वार्ड तयार गरौँ, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राखौं। नेपालमा जनशक्ति कम छ, अरु समस्या थपिन सक्छन् । हामी नेपालीहरु सामाजिक जीवन (सोसल लाइफ) मा धनी छौं। तर अहिलेको जस्तो समयमा छर छिमेकमा जाने, पूजा-आजामा जाने, भिडभाड गर्न बन्द गर्नु पर्छ । अहिले आफुले आफैलाई निगरानी गर्ने समय हो। यसमा सरकार र स्वास्थ्य संस्थाहरु मात्रै हैन, सर्वसाधारण सबैको योगदान त्यत्तिकै महत्वपूर्ण हुन्छ । संक्रमण फैलन नदिन आइसोलेशन र क्वारन्टिन गर्नु पर्छ, ढिला गर्नु हुंदैन ।
 




मतहरू

WilliamDen

local personal ads bradley cooper dating history

KevinDyerm

native american gay dating gay girls dating gay dating a narcissist

KevinDyerm

gay dad dating sim anonymous gay dating gay dating meetup in nyc

KevinDyerm

guy steals gay dating sign gay dating sign up adam4adamn gay dating login

PatrickVep

binghamton gay dating sites dayton gay dating scene gay dating sim cd

HenryHox

gay male dating service gay social dating sites best gay dating sites in india

HenryHox

does zoosk have gay dating situs gay dating omar mateer gay dating site


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?