२१ चैत्र, २०७६
शीतलपाटीन्युज डटकम ।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पिडितको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ। संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पिडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइन मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।
गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत पहिलो पटक अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोरोना भाइरस “कोभिड(१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन्। नयाँ अनलाइन पेमेन्ट प्रणालीवाट अब थोरै थोरै रकम पनि सहयोग गर्न सकिने उदेश्यले वेभ एप्लिकेसन सञ्चालन ल्याइएको हो ।
संघले केही दिनमा मोबाईल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ। महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेशी स्थित नेपाली समूदायको सहयोगका अपेक्षा संघले गरेको छ ।
कोरोना भाइरसको महामारीबाट पिडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढि आर्थिक संकलन गरिसकेको छ ।
सहयोगको लागि यो लिंकमा जानुहोला।
(नेपाल ब्रिटेन डटकम)
Ir Ip Camera
Ir Ip Camera