२१ चैत्र, २०७६
दिपक गैरे:
लण्डन। हरायको किताब फेरी भेटियो। सप्रेम हुलाकबाट पठाएको किताब पढ्न नपाइ हरायो, लौन सुरेन्द्र सर कसो गर्ने होला भनेर भन्न पनि सकिन। सम्झिदाभर किताब खोजेको थिय तर भेटिएको थियन। मेरा केहि किताबहरु आफु सुत्ने बेडको तल छन् भने कति पछाडी ग्यारेजमा राखेको छु, अलि अलि किताब भान्साको छेउमा एउटा सानो मन्दिर जस्तो छ त्यही राखेको छु। हिजो एक्कासी "मेरो आधा शताब्दी" सुरेन्द्र नेपाल श्रेष्ठ सरले लेख्नु भएको पुस्तक मन्दिरको छेउमा भेट्दा अत्यन्त खुसि लग्यो र निरन्तर समय मिलाएर पढ्न थाले।
धेरै नजिक हुने खासै मौका नमिले पनि २-३ पटक जति सुरेन्द्र सर संग भेटेको छु। सुरेन्द्र सरलाइ पहिलो भेटमा नै मैले अत्यन्त सरल र प्रस्ट वक्ताको रुपमा पाएको छु। "मेरो आधा शताब्दी" पुस्तकमा सुरेन्द्र सरले आफ्नो जीवनको हरेक उतार चडाबलाइ अत्यन्त सरल र आकर्षक तवरले उतार्नु भएको छ। पुस्तकमा जीवनको हरेक कालखण्ड र हरेक विधाहरुलाइ बिषय सुची बनाइ पढ्न स्पस्ट र सहज बनाउनु भएको छ भने पढ्दा खेरि आफ्नो जीवनको अनुभव संग मुल्यांकन गरेर पढ्दा अत्यन्त रोचक रह्यो।
सुरेन्द्र सरले जीवनका अधिकांश कुराहरुलाइ रत्ति भर पनि नलुकाई हरेक कुरालाइ इमान्दारी पुर्वक लेख्नु भएको छ। आइ एल मा पास हुन गार्हो परेको कुरा, बेलायतमा भिजा लिन पर्ने कठिनाई र अपनाएका उपाय देखि लिएर गरेका कामहरुलाइ निर्धक्क वर्णन गर्नु भएको छ। साझेदारीको व्यवसायमा आएका समस्या र ठाकठुक पढ्दा खुबै रमाइलो लाग्यो। बेलायत आएर मैले पनि रेस्टुरेन्ट, बिल्डर देखि आइ टि को व्यवसाय यसरिनै साझेदारी गरेको छु,झन् भन्ने हो भने साझेदारीबाट छुट्टिदा पनि महेन्द्र कुँवर kingkunwar सरसंग त मेरो अझ पनि दिनहु ठाकठुक चलि नै रहन्छ। यी अनुभवका पनि आफ्नै रमाइला छन्।
पुस्तकलाइ सुरु देखि अन्तसम्म बडो चाख पुर्वक पढ्दा सुरेन्द्रसर सुरुबाट आजका दिनसम्म कहिले पनि नेपाली राजनीतिबाट अलग हुनु भएन। जनमोर्चा नेपाल पार्टीको जिल्ला अध्यक्ष देखि चुनावमा उमेद्वारको रुपमा भाग पनि लिनु भयको धेरै नै गौरन्वित इतिहास बोकेको रुपमा मैले सुरेन्द्र सरलाइ पाए। तर पेज नम्बर ५९ मा आफ्नै पार्टीको पुर्व अध्यक्ष डा बाबुराम भट्टराईले अर्थमन्त्रि हुदा गरेको सामान्य भन्दा सामान्य जनतालाई पनि याद भएको कृषकहरुको ऋण मिनाहा गरेको अत्यन्त लोकप्रिय कामलाइ उहा पूर्ण रुप बिस्वस्त नभए जसरि "सायद", "होला" र "प्रधानमन्त्री"शब्दको प्रयोगले मलाइ थप जान्न कौतुहलता जगायो। दोस्रा एक दुइ ठाउमा जनमोर्चा नेपाल हुनु पर्नेमा संयुक्त जनमोर्चा नेपाल भए जसो लाग्यो सायद म गलत पनि हुन सक्छु।
त्यस्तै जनयुध्द घोषणा पछि सुरेन्द्र सर राजनीतिबाट चटक्कै टाडा पनि हुन सक्नु भएन तर बैचारिक रुपले अलि अन्योलमा परेको हो की? जनयुध्दको घोषणा पश्च्यात या त बाबुराम, प्रचण्ड (माओवादी) पक्षमा पूर्ण भूमिगत भएर वा समर्थन गरेर अथवा अमिक सेरचन, लिलामणि पोख्रेल (संयुक्त जनमोर्चा नेपाल) पक्षबाट चुनावीय संसदीय व्यवस्था प्रणालीमा बिस्वास राखेर बैचारिक रुपमा स्पष्टता देखाउन पर्थियो कि।
समग्रमा सुरेन्द्र सरको आधा शताब्दी राजनीति, मनोरंजन तथा कलाकारिता, सरकारी तथा गैरसरकारी जागिर, सफल व्यवसायी, योग तथा ध्यान सबैको समिश्रणपूर्ण बढो आनन्दमय सफल जीवन रहेको देखियो। यति धेरै महान इतिहास र योगदान गर्नु भएका मेरो अग्रज आदरणीय सुरेन्द्र श्रेष्ठ सरको कृतिको मुल्यांकन गर्ने मेरो कुनै कोणबाट योग्यता छदै छैन तर पनि आफुले महसुस गरेका कुराहरुलाई इमान्दारीपुर्वक राखेको छु केहि गल्ति भयमा भाइ सोचेर माफी गरिदिनु हुन बिन्ति गर्दछु।
https://www.deliworld.com/cutting-tool-drafting/e2043-big-cutter-rotary-lock.html
Hollow Staple Fiber Price
Hollow Staple Fiber Price