Wednesday May 27, 2020

भ्रमण वर्ष स्थगित, सचिवालय बैशाख १ गते विघटन हुने

२३ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1087


भ्रमण वर्ष स्थगित, सचिवालय बैशाख १ गते विघटन हुने

शीतलपाटीन्युज डटकम ।

काठमाण्डौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित गरेको छ। कोराना भाइरस माहामारी भयका कारण अस्थायी रूपमा अप्रिल सम्मका लागि मात्रै स्थगित भएको भ्रमण वर्ष माहामारी नरोकीएका कारण औपचारिक रुपमै स्थगित गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार सरकारको चैत ९ गते भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो। भ्रमण वर्षको सचिवालय समेत बैशाख १ गतेबाट विघटन हुनेछ।

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने अभियान थालेको थियो । तर कोरोना भाइरस विश्वव्यापी महामारीका कारण भ्रमण वर्ष स्थगित भएको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?