Saturday July 02, 2022

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार

२६ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1900


कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार

शीतलपाटीन्युज डटकम ।
लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ। गत सोमबारदेखि लण्डनस्थित सेन्ट थोमस अस्पतालको ‘आइसियू’मा राखिएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी अर्थमन्त्री ऋषि सुनाकले गराएका छन ।

बुधबार अपरान्ह बेलायत सरकारको दैनिक कोरोना ब्रिफिङलाई सम्बोधन गर्ने क्रममा मन्त्री सुनाकले भने, ‘प्रधानमन्त्रीको स्वास्थ सुधार भइरहेको छ। आफुलाई दिइएको उपचारले सकारात्मक रेस्पोन्स गरिरहनु बताउनु भएको समाचार छ।’

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थीर छ र उहाँलाई दिइरहेको उपचारले काम गरिरहेको छ । उहाँ अझै पनि ‘इन्टेन्सिभ केयर युनिट’ (आइसियू) मै हुनुहन्छ’, प्रधानमन्त्रीका प्रवक्ताले भनेका छन्। प्रधानमन्त्रीलाई अक्सिजनको ‘स्ट्याण्डर्ड’ सहयोग दिइएको तर उनले अरु कुनै सहायता बिना नै श्वासप्रश्वास गरिरहेको बताइएको छ ।

गत मार्च २७ तारिखमा कोरोना भाइरसको संक्रमण पुष्टी भएका प्रधानमन्त्री जोन्सनलाई ज्वरो, खोकी लगायतका लक्षणहरु कायम रहेका कारण स्वास्थ्य अवस्था कमजोर बनेपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबारदेखि आइसियूमा राखिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले भने आफ्नो जिम्मेवारी परराष्ट्रमन्त्री डोमिनिक रबलाई दिएका छन्। प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभका लागी विश्वका नेताहरुले सन्देशहरु पठाएका छन्। बेलायती महारानीले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित अपडेट लिइरहेकी छन् ।


महारानी र राजपरिवारका अन्य सदस्यले जोन्सनकी प्रेमिका क्यारी साइमन्ड्सलाई सन्देश पठाएर सहानुभुति समेत प्रकट गरेका छन्।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?