Saturday October 24, 2020

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको राष्ट्रपति र प्रधानमन्त्रीले पठाए  स्वास्थ्यलाभको शुभकामना

२७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1350


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको राष्ट्रपति र प्रधानमन्त्रीले पठाए  स्वास्थ्यलाभको शुभकामना

शीतलपाटीन्युज डटकम ।
लण्डन। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन्। 

 


आइतबारदेखि लण्डनको अस्पतालमा उपचाररत कोरोना संक्रमित जोन्सनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाएका हुन् ।

 

फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली


लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास समेत व्यक्त गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी बोरीस जोन्सनलाई शुभकामना सन्देश पठाएर स्वास्थ्यलाभको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सन छिट्टै निको भएर कोरोना विरुद्धको बेलायतको लडाईंलाई नेतृत्व प्रदान गर्न सक्षम हुने विश्वास समेत गरेका छन् ।

यसैबीच, बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले गतसाता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्ती सम्बन्धी विषयमा छलफल गरेका थिए ।

त्यसअवसरमा मन्त्री ज्ञवालीले पनि बेलायतमा रहेका नेपालीहरुको सुरक्षा तथा विद्यार्थीको समस्याका बारेमा राज्यमन्त्री अहमदसंग कुरा उठाएका थिए। नेपालमा बिदामा गएका भूतपूर्व गोर्खा र उनीहरुको परिवारका सम्बन्धमा समेत मन्त्री ज्ञवालीले चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले बताएको छ ।




मतहरू

hydroxychloroquine tablets uk

hydroxychloroquine tablets uk

viagra cost per pill

viagra cost per pill

www.jueriy.com

www.jueriy.com

JamesHip

Its hydrothorax machines the drug the highest quantity of. buy cialis online Lxhlcg ymydhh


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?