Friday August 07, 2020

संयुक्त अधिराज्य बेलायतका लागी नेपाली राजदुत डा सुबेदी सहित युरोपका सबै नेपाली राजदूतले १ महिनाको तलब राहत कोषमा दिदै

२९ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1690


संयुक्त अधिराज्य बेलायतका लागी नेपाली राजदुत डा सुबेदी सहित युरोपका सबै नेपाली राजदूतले १ महिनाको तलब राहत कोषमा दिदै

शीतलपाटीन्युज डटकम ।
लण्डन। युरोपका विभिन्न मुलुकमा रहेका सबै ९ जना नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब राहत कोषमा सहयोग गर्ने भएका छन्। नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा राजदूतहरुले सहयोग जम्मा गराउने भएका हुन् ।

युरोपका सबै राजदूतहरुबीच एक साताअघि सम्पन्न बैठकमा एक महिनाकै तलब सहयोग गर्ने सल्लाह भएको लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

नेपाली राजदुतावास बेलायतका डिपुटी चीफ अफ मिसन आरनका अनुसार, ९ वटै दूतावासमा रहेका डिप्लोम्याटिक स्टाफले समेत आफ्नो १ साताको तलब उक्त कोषमा जम्मा गराउने भयका छन् ।

‘१ साताको तलबका लागि सरकारले यसअघि नै परिपत्र गरिसकेको थियो। सोअनुसार सबै कर्मचारीले १ साताको तलब अनिवार्य जम्मा गराउनेछन्। तर महामहिमज्यूहरुले भने आफ्नो तर्फबाट १ महिनाकै तलब जम्मा गर्ने निर्णय गर्नुभएको छ’, प्रवक्ता आरनले बताउनु भयको छ।

१ महिनाको तलब सहयोग गर्ने युरोपस्थित नेपाली राजदूतहरुमा बेलायतका डा दुर्गाबहादुर सुवेदी, बेल्जियमका लोकबहादुर थापा, फ्रान्सका दिपक अधिकारी, जर्मनीका रमेश खनाल, रशियाका ऋषि घिमिरे, स्पेनकी दाबा शेर्पा, डेनमार्कका युवनाथ लम्साल, स्वीजरल्याण्डका मणि भट्टराई र अष्ट्रियाका प्रकाश सुवेदी हुनुहुन्छ।
 




मतहरू

generic viagra

viagra australia [url=https://viagenupi.com/#]generic viagra[/url] viagra without a prescription generic viagra viagra professional


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?