Tuesday November 24, 2020

बरिष्ठ साहित्यकार  गौतमलाई वसुन्धराश्री र सरुभक्तलाई मान पुरस्कार प्रदान गर्ने घोषणा

६ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1304


बरिष्ठ साहित्यकार  गौतमलाई वसुन्धराश्री र सरुभक्तलाई मान पुरस्कार प्रदान गर्ने घोषणा

शीतलपाटीन्युज डटकम ।
लण्डन । विसं २०७७ सालको वसुन्धराश्री पुरस्कार वरिष्ट साहित्यकार डा ध्रुवचन्द्र गौतम र मान पुरस्कार चर्चित साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको ब्यहोरााको प्रेष बिज्ञप्ती  प्रतिष्तठानबाट प्राप्त  भयको छ।


वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा शनिवार बसेको विशेष बैंठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ट साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई विसं २०७७ सालको वसुन्धरा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीका अनुसार पुरस्कारको साथमा नगद ७५ हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले आधुनिक नेपाली कविता,मुक्तक,गीत,नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय,शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार सरुभक्तलाई विसं २०७७ सालको मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको साथमा नगद ५० हजार रुपियाँ सहित सम्मानपत्र अर्पण हुने छ।

वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मनु भएका विशिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक,अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज,दुबिधा, अग्निदत्त+अग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन,भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास),अँध्यारो द्वीपमा,संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा,जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा,भष्मासुरको नलिहाड र कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।

वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मनु भएका चर्चित साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह) ,बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्ध: उही ग्यासच्याम्वर भित्र, इतिहास भित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध उपन्यास प्रकाशित भएका छन् ।

यसअघि वसुन्धरा पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) लाई प्रदान गरेको छ ।




मतहरू

Victorblert

Hnqtpq wqwqnl cialis pills cialis price Sorely is no fisher looking for coming numerical

JamesHip

cialis drug Twenty of zoonosis you bought a buy cialis Its lp is treetotub an eye to


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?