Tuesday November 24, 2020

अरुलाई पनि बचाउनु होस : साहित्यकार कोमल मल्ल

७ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1455


अरुलाई पनि बचाउनु होस : साहित्यकार कोमल मल्ल

अरुलाई पनि बचाउनु होस !!!

म ठिक छु
चिन्ता नलिनु होस
बरु
म जस्तै
कोठामा  चुकुल लगाएर
तातो तातो खाएर
जीवन चलाउनु होस
घर मै बसेर जीवन बचाउदै
आफु बाच्नु होस
अरुलाई पनि बचाउनु होस
उफ !
हिजो आज
माया बिर्सने दिन आयकोछ
अहो ! अहो !
कोभिड १९ आततायीले
बिश्वलाई सताएकोछ ।
गोला ,बारुद
एम्बुस मिसाईल क्षेप्यास्त्रले
केहि गर्न सक्तैन उस्लाई
एटमबम
हाइड्रोजन बम
नाईट्रोजन बमले
नष्ट गर्न सक्तैन उस्लाई
उ बिश्व तहस नहसमा लागेकोछ ?
त्यसैले
आफु बच्न
अरुलाई बचाउन
माया प्रेम थाती राखेर
धैर्यतामा
बन्द कोठामा
एक्लै एक्लै
जीवन  चलाउनु होस
घर मै बसेर जीवन बचाउनु होस
आफु बाच्नु होस

अरुलाई पनि बचाउनु होस !!!




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?