Friday August 07, 2020

शेष घले दम्पतीको तीन करोड सहयोग कोरोना उपचार राहात कोषमा

१४ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1223


शेष घले दम्पतीको तीन करोड सहयोग कोरोना उपचार राहात कोषमा

शीतलपाटीन्युज डटकम।
काठमाडौं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले तथा उनीकी श्रीमती जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले एमआईटी ग्रुप फाउण्डेसन मार्फत सरकारले गठन गरेको कोषमा सहयोग गरेका हुन्। अस्ट्रेलियामा घलेको औधोगीक बेश रहेको छ।


कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गरेर सहयोगको जानकारी गराएका छन् ।

 


उनले भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूल लागि परीक्षण,निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ।’ फाउण्डेसनले यसअघि भूकम्प,नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?