Friday October 23, 2020

राजेश हमालले उद्घाटन गरे फ्लाइटेकको शाखा

३१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1262



शीतलपाटीन्युज डटकम । 

काठमाडौं -फ्लाइटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा बुधबार अभिनेता राजेश हमालले केक काटेर उद्घाटन गरे ।

केएल टावरको पाँचौ तलामा फ्लाइटेकको शाखा उद्घाटन गर्दै अभिनेता हमालले एयर होस्टेस प्रशिक्षण दिने उत्कृष्ट इस्न्टिच्युट बनेकामा फ्लाइटेकलाई बधाई दिए । साथै, अभिनेता हमालले फ्लाइटेकका एयर होस्टेजका विद्यार्थीसँग फोटोसुट समेत गर्न भ्याए ।


  

सन् २००६ मा राजधानीको न्युप्लाजाबाट नाजिर हुसैनले फ्लाइटेक सुरु गरेका हुन् । स्थापनाकाल यता फ्लाइटेकले दर्जनौ डमेस्टिक तथा अन्तर्राष्ट्रिय एयरलायन्सका लागि दक्ष एयर होस्टेस उत्पादन गरिसकेको छ । करिब १२ वर्ष शाखा विस्तार गर्दै फ्लाइटेकका निर्देशक नाजिरले भने,–‘यो सबै मेरा विद्यार्थी र शुभचिन्तकहरुको देन हो ।’ उनले अझ स्तरियतालाई ध्यान दिँदै शाखा विस्तार गरेको बताए । उनले भने, ‘शाखामात्र विस्तार गरिएको होइन, अध्यापनको गुणास्तर पनि बढाइएको छ ।’


१२ वर्षको अन्तरालमा देशकै उत्कृष्ट एयर होस्टेज स्कुलका रुपमा फ्लाइटेक स्थापित भएको छ । आगामी दिनमा फ्लाइटेकले एयर होस्टेससम्बन्धी अत्याधुनिक प्रशिक्षण मात्र नभएर हवाई सेवासम्बन्धी सबै प्रकार तालिमहरु पनि दिइने नाजिरले बताए । फ्लाइटेकलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्नका लागि एयर होस्टेस प्रशिक्षार्थीका लागि २६ सिटको एयरक्राफ्ट नमुना समेत बनाइएको छ । उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पा, २ सय भन्दा बढी एयर होस्टेसका प्रशिक्षार्थी तथा विभिन्न व्यक्तित्वहरको सहभागिता थियो ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?