Wednesday November 25, 2020

कविन्द्र घिमीरेको कविता : "अनुरोध"

१८ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1369


कविन्द्र घिमीरेको कविता : "अनुरोध"

दिपक राज जोशीको फेसबुकबाट कविन्द्र घिमिरेको कविता "अनुरोध "

दश -छ को पिकेट डिउटी
सक्दा नसक्दै
मेजर साबले फेरि लेख्दिनुभएछ डिउटी
कलमले रजिष्टरमा लेखेको डिउटी जस्तो
कहाँ सजिलो छ र?
चोकमा बन्दुक सँगको डिउटी

झरी परिरहन्छ
पानीका थोप्लाहरुले हिर्काउलान भनेर
आफ्नो टाउको जोगाउनु भन्दा पहिले
जोगाउनु पर्छ
बन्दुकको नाल म्याग्जिन र त्यस भित्रका गोलीहरु

यी झरीहरुमा
आँखा अगाडि नाच्छन अतितहरु
साँनो छदा
बार्दलीबाट खसेको पानीको थोपालाई
खेलाउदा खेलाउदा भिझ्थ्यो,
कुईना भन्दा मुनीको बाउला
आमा हत्तपत्त आउनुहुन्थ्यो र
फेरीदिनु हुन्थ्यो अर्को लुगा
अचेल
पन्चुको सानो प्वालबाट
बन्दुक जोगाउन खोज्दा खोज्दै
अनायासै छिर्छन पानीका थोपाहरु
शरीरभित्र
अनि हल्लाउछन् जाडोले मुटु
यो चोकमा
यो डिउटिको समयमा
कसरी फेर्नु र ती भिजेका लुगा???

यि पैतालाहरु
गोलघरमा थुनिएको कैदी जस्तै भएका छन्
सुर्योदय देखि सुर्यास्त सम्म
कहिले त चौबिसै घण्टा
नजरबन्द भईरहेछन् बुट भित्र

प्रियाले उताबाट फोन थिचिरहेछिन
यता घण्टी बजिरहेछ
सायद उनी फोन हातमै लिएर निदाईन
यता फोन उठाउने समेत फुर्सद छैन
महाशय!
म यसरी तपाईका लागि बाहिर निस्किरहेछु
तर
तपाईं आफ्नै लागि घरभित्र बस्न सक्नुभएन?

यो लकडाउनको समय
देश बिरामी परेको समय
तपाईलाई अलिकती पनि देशको चिन्ता छ भने
जानुस्
आफ्नै घर भित्र गएर आरामले बस्नुस् ।।

@ कविन्द्र घिमिरे
ककनी २ नुवाकोट
Kabindra ghimire




मतहरू

Victorblert

Sorely is no fisher repayment for coming numerical otc cialis usa renal part of the occurrence is and debouchment uncontrollably.

JamesHip

Jzansv chhjat cialis drugs buy cialis online overnight shipping cialis online prescription Ynzics tcztwu


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?