Wednesday May 27, 2020

मनकारी लोकदोहोरी गायीका सरू थापाद्वारा मानव सेवा आश्रमलाई सहयोग

२२ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1116


मनकारी लोकदोहोरी गायीका सरू थापाद्वारा मानव सेवा आश्रमलाई सहयोग

शीतलपाटीन्युज डटकम ।
काठमाण्डौ, बैशाख २२। मनकारी लोकदोहोरी गायिका धनकुमारी थापा सरुले आज मानव सेवा आश्रमका ३०० भन्दा बढी बृद्धबुद्राहरुलाई भोजन गराएकी छन ।


उनले आज असहाय, बालबालिका तथा बृद्धहरु लाई भोजन गराइएको हो । भक्तपुर क्यान्सर अस्पताल , सुर्यविनायक , ठिमी लगायतका ठाउँमा विचलित अवस्थामा रहेका असहाय एवम पिडितलाई सहयोग गरिएको उनले बताइन।

 


विगत २८ दिन देखी आर्थिक समस्यामा रहेका र खाना बाट बञ्चित भएका ब्यक्तिहरुलाई मानव सेवा आश्रमले भोजन उपलब्ध गराउदै आएको छ। लकडाउनको समयमा  समस्यामा परेका ब्याक्तिहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको गायिका सरुले बताइन। उनले छोटो कुरा गदैँ बाँचुन्जेल जिवनमा राम्रो काम गदैँ, समाज परिवर्तनको लागी आफु निरन्तर लागी पर्ने समेत बताइन।


आफुलाई मानविय सेवा गर्नको लागी सहजिकरण गरेको मानव सेवा आश्रम परिवारलाई उनले हृदय देखी नै आभार ब्यक्त गरिन। आगामी दिनमा पनी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?