Wednesday May 27, 2020

बेलायतमा लकडाउन खुला गर्न प्रधानमन्त्री बोरिस जोन्सनको “ बिविध योजना” भीडीयो समेत

२९ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1135


बेलायतमा लकडाउन खुला गर्न प्रधानमन्त्री बोरिस जोन्सनको “ बिविध योजना” भीडीयो समेत

शीतलपाटीन्युज डटकम ।
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशमा जारी लकडाउनको दोस्रो चरण घोषणा गर्दै आइतबार साँझ एक विशेष सम्बोधन मार्फत लकडाउनबारे सरकारको धारणा सार्वजनिक गरेका छन।उनले लकडाउनलाई खुकुलो पार्दै जाने विभिन्न चरणका योजना समेत सुनाएका छन्।

प्रधानमन्त्रीको घोषणा गरेअनुसार यसै साताबाट सबभन्दा पहिला एकै घरका मानिसहरुलाई पार्कमा जान,लामो समयसम्म घरबाहिर व्यायाम गर्न, सामाजिक दूरी कायम गर्दै गल्फ, टेनिस खेलमा सहभागी हुन र समुन्द्रमा र तालहरुमा पौडी खेल्न छुट हुनेछ ।

यहि सातादेखि सरकारले घरबाटै काम गर्न असमर्थ मानिसहरुलाई आवश्यक सतर्क रहि कार्यस्थलमा जान समेत आव्हान गरेको छ । काममा जाने क्रममा सकेसम्म सार्वजनिक यातायातभन्दा पैदल वा नीजी सवारी प्रयोग गर्न प्रधानमन्त्रीले आव्हान गरेका छन्। यही अनुसार अवस्था सामान्य रहेमा आउँदो जुनको शुरुदेखि प्राइमरी स्कुलहरु खुलाउने सरकारको योजना छ। जस अन्तर्गत पहिलो प्राथमिकतामा पहिलो र छैठौं वर्षलाई राखिनेछ । त्यस्तै, सोहि समयदेखि बन्द पसलहरु पनि पुनः सञ्चालनमा ल्याउने आशा प्रधानमन्त्रीले गरेका छन् ।

‘हस्पिटालिटी’ क्षेत्रका केहि निश्चित व्यवसाय र अन्य केहि सार्वजनिक स्थानहरु लकडाउन खुकुलो पार्ने तेस्रो चरण जुलाईको अन्त्यतिर हुनेछ। प्रधानमन्त्रीले यी सबै योजना ‘कन्डिसनल’ भएको जोखिम सिर्जना भए योजना परिवर्तन हुने सक्ने जनाए।

प्रधानमन्त्रीले निकट भविष्यमा हवाई मार्गबाट बेलायत प्रवेश गर्ने सबैलाई अनिवार्य ‘क्वारेन्टिन’ को नियम लागू गर्ने योजना समेत सुनाएका छन्। आजसम्म सरकारले गर्दै आएको ‘स्टे होमको अपील अबदेखि ‘स्टे अलर्ट’ सतर्क रहनुहोस् भनेर परिवर्तन भएको जनाए। सतर्क रहनुहोस्, भाइरस नियन्त्रण गर्नुहोस् र जीवनहरु बचाउनुहोस् भनि सार्वजनिक अपिल गरेका छन् । प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणको जोखिम तह देखाउने एक ‘अलर्ट सिस्टम’ घोषणा समेत गरेका छन्।
 

 

An important update to the nation on coronavirus.

Posted by Boris Johnson on Sunday, May 10, 2020

 




मतहरू

where to buy viagra online

what happens when a woman takes viagra [url=https://viagenupi.com/#]where to buy viagra online[/url] viagra overnight where to buy viagra online generic viagra 100mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?