Tuesday March 02, 2021

काेराेना नियन्त्रणमा उत्कृष्ट काम गर्नेलाई अन्तर्राष्ट्रिय अवार्ड

३० बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 3187


काेराेना नियन्त्रणमा उत्कृष्ट काम गर्नेलाई अन्तर्राष्ट्रिय अवार्ड

शीतलपाटीन्युज डटकम।
लण्डन। काेराेना भाइरस नियन्त्रणकाे क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने ब्यक्तिलाई विश्व मानवीय अवार्डबाट सम्मानित गरिने भएको छ। विश्वब्यापी महामारीको रूपमा रहेकाे काेराेना भाइरस नियन्त्रणका लागि अग्र भागमा खटिने र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्ति मध्यबाट स्टार अफ काेभिड घाेषणा गरि सम्मानित गरिने भएकाे हाे।

बेलायतको वल्ड हुम्यानटेरियल ड्राइभ सस्था (WHD) ले उक्त अवार्डकाे घाेषणा गरेकाे हाे। काेराेना भाइरस नियन्त्रणकाे क्षेत्रमा काम गर्ने ब्यक्तिहरूलाई उत्प्रेरणा दिन र उनीहरूकाे कामकाे उचित सम्मान गर्न अवार्डकाे घाेषणा गरिएकाे सस्थाकी नेपाल महासचिव जानकी गुरूङले जानकारी दिनु भयको छ ।

हरेक देशबाट स्टार अफ काेभिड छनाेट हुने भएकाले नेपालबाट पनि काेराेना भाईरस नियन्त्रणका लागि अग्रभागमा खटेर काम गर्ने स्वस्थ्यकर्मी,सुरक्षाकर्मी तथा अन्य ब्यक्तिहरूले नाेमिनेसन दर्ता गर्न सक्नेछन् । मे १ बाट अवार्ड लागि नाेमिनेसन खुल्ला गरिएको छ। आफू स्वयम् वा अरूले पनि नाेमिनेसन दर्ता गर्न सक्ने महासचिव गुरूङले जानकारी दिनु भयको छ । विश्वब्यापी नाेमिनेशन गर्न सकिने वल्ड हुम्यान ड्राइभ संथाका अध्यक्ष अब्दुल बासित सैयद रहेका छन्।

नाेमिनेशन गर्न चाहने ब्यक्तिले:
 https://docs.google.com/forms/d/e/1FAIpQLSdHg6pxM87Y4a7n873Jyd6_5dsb6bhdxgjbSlLORWtzhf6aWQ/viewform

मा गएर नाेमिनेशन दर्ता गर्न सकिने छ ।
 




मतहरू

Cheapest Sport Shoes

Cheapest Sport Shoes

Huizhou Xindongyuan Science and Technology Co., Ltd.

Huizhou Xindongyuan Science and Technology Co., Ltd.

Asian Rice Cooker

Asian Rice Cooker


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?