Wednesday January 27, 2021

कैदीको–पत्र" चलचित्र तयार : तर कोरोनाको प्रभाव

४ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 2045


कैदीको–पत्र" चलचित्र तयार : तर कोरोनाको  प्रभाव

शीतलपाटीन्युज डटकम।
काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाली कथानक चलचित्र कैदीको–पत्र पनि प्रभावित बनेको छ।

चलचित्र कैदीको–पत्रको पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको र रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको काम कोरोना भाइरसको कारण प्रभावित बनेको छ। जसको कारण चलचित्र कैदीको–पत्रको वाँकी काम पोष्टपोण्ड भएको छ।


बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा बनेको चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो।


४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्। चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ।

भिजन संसार प्रालिको व्यानरमा निर्माण अनि निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

(श्रोत भीजन संसार)




मतहरू

HADRDEGA TIANJIN MACHINERY CO., LTD.

15170OROOA088CR01 HADRDEGA TIANJIN MACHINERY CO., LTD.

Air Conditioner

WAR215AFC6181 Air Conditioner

Air Removal Laser Machines

50209 Air Removal Laser Machines

1000w Led Grow Light

7147BB/29/9WU 1000w Led Grow Light


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?