Wednesday May 27, 2020

दिवेश "उर्फ आर्थर गन" मेरिकन आइडलको फस्ट रनर अप

५ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1118


दिवेश "उर्फ आर्थर गन" मेरिकन आइडलको फस्ट रनर अप

शीतलपाटीन्युज डटकम।
टेक्सस, अमेरीका । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।

छनोट चरण हुँदै अन्तिम २०,१०,७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए। मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए। उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडल प्रतिको चासो ह्वात्तै बढेको थियो ।

विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो। त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका थिए । गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका पुगेका थिए ।

काठमाडौंमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए।  दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेका थिए । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी छिन् । रासस
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?