Wednesday May 27, 2020

नेपाल प्रहरीका ४ महिला इन्सपेक्टरको डिएसपीमा बढुवा

६ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1091


नेपाल प्रहरीका ४ महिला इन्सपेक्टरको डिएसपीमा बढुवा

शीतलपाटीन्युज डटकम ।

काठमाडौं । नेपाल प्रहरीका चार महिला इन्स्पेक्टर प्रहरी निरीक्षकहरु पूर्णिमा कुमारी चन्द,शर्मिला गुरुङ,चन्चला श्रेष्ठ र रुपा लाबुङको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा शिफारिस भएको छ ।

६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मध्ये चार महिला प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस भएसँगै उनीहरुको बढुवा पक्का भएको हो ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो ।

चन्द १२ नम्बरमा, गुरुङ १६ नम्बरमा, श्रेष्ठ २१ नम्बरमा र लाबुङ २३ नम्बरमा बढुवा भएकी हुने भयकी छन । इन्स्पेक्टरहरु चन्द,गुरुङ,श्रेष्ठ र लाबुङ २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृतहरू हुन् ।

नेपालले समावेसी नीति लिएपछि महिला,विभिन्न समुदायको राज्य संरचनामा प्रतिनिधित्व हुँदै आएको छ। यी महिला प्रहरी अधिकृतहरु भने खुला प्रतिस्पर्धाबाट नै प्रहरी निरीक्षकमा आएका हुन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?