Wednesday May 27, 2020

वेल्फेयर सोसाइटी यूकेले स्याङ्जामा ४० परिवारलाई राहत

६ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1089


वेल्फेयर सोसाइटी यूकेले स्याङ्जामा ४० परिवारलाई राहत

शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटी यूकेले मंगलबार नेपालको स्याङ्जामा थप ४० परिवारलाई राहत वितरण गरेको समाचार अध्यक्ष धन बहादुर सार्कीले जानकारी दिनु भयको छ। स्यांग्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ का विपन्न वर्गका ती परिवारलाई सोसाइटीले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।

 


सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीका अनुसार राहतस्वरुप हरेक परिवारलाई १ महिनाको लागि पुग्ने गरी चामल, तेल, दाल सहितको खाद्यान्न बाँडिएको छ। स्थानीय पुतलीबजार नगरपालिका ७ का वडाध्यक्ष विश्वेश्वर रेग्मी र सिफारिशकर्ता रञ्जु सुन्दासले राहत खाद्यान्न वितरण गरेका थिए। राहत वितरणका बेला अनलाइन भिडियो कन्फरेन्स मार्फत सोसाइटीका अध्यक्ष धनबहादुर सार्की, सचिव शमसेर नेपाली र वरिष्ठ सल्लाहकार गोपाल रोका सहभागी भएका थिए।

 


त्यस्तै, बेलायतबाट एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, सचिव जीत रानाभाट र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी तथा नेपालबाट उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपालीको पनि सहभागिता थियो। केहि महिनाअघि मात्रै स्थापित सोसाइटीले कोरोना महामारी शुरु भएपछि यसअघि दुई चरणमा नेपालमा राहत वितरण गरिसकेको छ। नेपाल कोरोना संक्रमणको केन्द्र बनेको उदयपुर त्रियुगा नगरपालिकाको भुल्केका २० परिवार र चितवनको भरतपुर नगरपालिका २३ का २० परिवारलाई सोसाइटीले राहत बाँडेको थियो ।

 


सोसाइटी अध्यक्ष सार्कीले नेपालस्थित संस्थाका फोकल पर्सन,स्थानीय प्रशासन लगायतको सिफारिसमा आवश्यकतामा परेकाहरुको पहिचान गरी राहत बाँडिदै आएको बताएका छन्। आर्थिक रुपमा विपन्न, महामारीका कारण काम गुमाएका मजदुर, असहाय लगायतका दलित तथा गैरदलित दुवै समुदायलाई राहत दिइएको उनको भनाइ छ। अध्यक्ष सार्कीले बेलायतमा कोष संकलनका साथै नेपालमा सहयोग वितरणको कार्य पनि जारी राख्ने बताएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?