Wednesday May 27, 2020

जनसम्पर्क समिती बेलायतका सभापति युवराज गुरुङले चेपाङ बस्तीमा ३ सय बोरा चामल सहयोग गर्दै

६ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1088


जनसम्पर्क समिती बेलायतका सभापति युवराज गुरुङले चेपाङ बस्तीमा ३ सय बोरा चामल सहयोग गर्दै

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरूङले चितवनको इच्छाकामना गाउँपालीकालाई ३ सय बोरा चामल सहयोग गर्ने भएका छन् ।

जनसम्पर्क समिति युके सभापति गुरुङले इच्छाकामना गाउँपालिकाका मजदूर र चेपाङ बस्तीका मानीसहरु लकडाउनको कारण बिहान बेलुका छाक टार्न समस्यामा परेको समाचार प्राप्त भयपछि सोही गाउँपालीका, स्थानीयबासी तथा यूके बसोबास गर्दै आउनुभएको विनय अधिकारीको आग्रहमा सहयोग गर्न लागिएको जानकारी गराउनु भयको छ।

सभापति गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता बमोजीम गाउँपालीकाको पत्र प्राप्त भएकाले छिट्टै सहयोग गरिने बताआउनु भयको छ।

सभापति गुरुङले तीन सय बोरा चामाल वरावरको खाद्यान्न सहयोग गरिने समेत जानकारी गराउनुभयो। सो सहयोग नेपालमा रहनु भएको विनय अधिकारीको रोहवरमा वितरण गरिने पनि सभापति गुरुङले बताउनले भयको छ।

- गाउँपालीकाको पत्र यस्तो छ :

 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?