Thursday August 13, 2020

सगुनमा लगानी खुल्यो,"सगुन अब संभावना लियर आयो"

९ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1152


सगुनमा लगानी खुल्यो,"सगुन अब संभावना लियर आयो"

शीतलपाटीन्युज डटकम।
लण्डन। सामाजिक सञ्जालको दुनियाँमा आफ्नो छुट्टै पहिचान लिएर आएको Sagoon ले यतिबेला आफ्नो बजार प्रबर्धन र पुँजी बृद्धीलाई आक्रामक रुपमा अगाडी बढाएको छ। भइरहेका सामाजिक सञ्जालका बिशेषतालाई समेट्दै प्रयोगकर्तालाई नयाँ फिचर्स र आम्दानीको अवसर समेत उपलब्ध गराउदै सगुनले अहिले विश्वभर आफ्नो मिनि आइपिओ पनि खुला गरेको छ।

 


मार्च २ तारिखबाट खुला गरिएको Sagoon को यो मिनि आइपिओ १२० दिनका लागी खुला गरेको हो। यो अबधीमा संसारभर रहेका जोकसैले पनि मिनि आइपिओ मार्फत सगुनमा लगानी गर्न सक्नेछन्। सगुनले उपलब्ध गराएको जानकारी अनुसार १० मिलियन पुँजी पुर्याउन अहिलेको मिनि आइपिओ खुला गरिएको हो।

लक्षित पुँजी पुरा भएमा तोकिएको मिति भन्दा अगाडी जुनसुकै बेला पनि आइपिओ बन्द गर्न सकिने बताइएको छ । सगुनको मिनि आइपिओमा लगानी गर्न चाहनेले न्युनतम ३० कित्ता शेयर लगानी गर्नसक्नेछन्। एक कित्ता बराबर ३० अमेरिकी डलर मुल्य निर्धारण गरिएको मिनि आईपिओमा अधिकतम लगानीको दायरा असिमित राखिएको छ । न्युनतम ३० कित्ता सेयर खरिद गर्नेले ९ सय अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

खासगरी अहिले मिनि आइपिओ लगानी गर्न चाहानेहरुका लागी लगानी कसरी गर्ने भन्ने बिषयमा अन्यौलता रहेकोले सगुनले उपलब्ध गराएको सुचना अनुसार सगुनको मिनि आइपिओमा लगानी गर्ने बिभिन्न ६ ओटा माध्यम छन्। तर तपाई बसेको देशको आधारमा कुन सुबिधा उपलब्ध छ त्यसको आधारमा कुन माध्यमबाट लगानी गर्ने भन्ने कुरा निर्धारण हुनेछ।

यदी तपाईको मोवाइलमा सगुन एप्लिकेसन छ भने तपाईको एप्लिकेसनको तिन ओटा लाइन भएको ठाउँमा क्लिक गर्नुभयो भने सबैभन्दा तल Sagoon Mini-IPO भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुभयो भने INVEST NOW अप्सनमा क्लिक गर्नुस अनी तपाई अगाडीको प्रक्रियामा बढ्न सक्नुहुन्छ।

डेस्कटप भर्सनबाट तपाई सगुन खोल्दै हुनुहुन्छ भने 
https://www.sagoon.com/invest पनि होम पेज मै INVEST NOW मा गएर अगाडी बढ्न सक्नुहुन्छ। यदी तपाईलाई लगानी कसरी गर्ने भन्ने बुझ्न मन लाग्यो भने डेस्कटप भर्सनमा होम पेजमै HOW TO INVEST अप्सनमा गएर आफ्नो देश (Country) छानेपछी लगानी गर्ने उपलब्ध माध्यमहरुको बारेमा बुझ्न सक्नुहुनेछ ।

मोवाईल भर्सनमा तिन ओटा लाइन भएको ठाउँमा क्लिक गरेपछी सबैभन्दा भन्दा तल Sagoon Mini-IPO मा क्लिक गर्नुुहोस् फेरी अगाडी झैँ तिन ओटा लाइन भएको ठाउँमा क्लिक गर्नुभयो भने HOW TO INVEST भन्ने अप्सन छ त्यहाँ गएर पनि तपाई आफु भएको देश (Country) छानेर उपलब्ध लगानीका तरिकाहरुको बारेमा जानकारी पाउन सक्नुहुनेछ।
जुन तलको चार्टमा देखाइएको छ ।

 


यदी तपाई जापानबाट लगानी गर्न चाहानुहुन्छ भने क्रेडिट कार्ड र वायर ट्रान्सफरको माध्यमबाट लगानी गर्न सक्नुहुन्छ । क्रेडिट कार्डबाट लगानी गर्न सामान्यतया बैंकले उपलब्ध गराएका क्रेडिट कार्डहरु सहजै भुक्तानि हुने भएकाले खासै समस्या हुँदैन। यदी तपाई बैंक बाहेकका बजारमा आयका हजारौ क्रेडिट कार्डबाट भुक्तानी गर्न चाहानुहुन्छ भने भुक्तानी नहुनसक्छ ।

यदी भुक्तानी गर्न खोज्दा एरर देखायो भने सम्बन्धि क्रेडिट कार्ड कम्पनीलाई फोन गरेर आफुले अन्तर्राष्ट्रिय सेयर लगानी गर्न चाहेकाले अन्तर्राष्ट्रिय कारोबार खुल्ला गरिदिन आग्रह गर्नुपर्नेहुन्छ। त्यसपछी तपाईको क्रेडिट कार्डबाट तपाईले लगानी गर्न चाहेको रकम भुक्तानी गर्न सक्नुहुन्छ ।

त्यसै गरी अर्को माध्यम भनेको वायर ट्रान्सफर हो। यो भनेको तपाइको खाता भएको बैंकबाट सगुनले उपलब्ध गराएको सगुनको बैंक खातामा पैसा ट्रान्सफर गर्ने हो । सामान्यतया क्षेत्रिय बैंक तथा साना बित्तिय संस्थाहरुबाट वायर ट्रान्सफरको सुबिधा नहुन सक्छ। तसर्थ केन्द्रिय स्तरका तथा ठुला बैंकहरुमा गएर आफुले अन्र्तराष्ट्रिय सेयरमा लागनी गर्न चाहेको जानकारी गराइ पैसा ट्रान्सफर गर्न चाहेको सगुनको तल चार्टमा उल्लेखित विवरण बैंकलाई सपलब्ध गराउनुपर्ने हुन्छ। वायर ट्रान्सफरका लागी बैंकमा जाँदा पासपोर्ट, रेसिडेन्स कार्ड, बैंक कार्ड लगायतका आवश्यक कागजपत्र साथमा लिएर जानुहोला ।

वायर ट्रान्सफरका लागी तपाईले भुक्तानी पठाउने बैंकलाई उपलब्ध गराउनुपर्ने सगुनको बैंक विवरण हेर्नुहोस्।



लगानी गरिसकेपछी तपाईको लगानी स्विकृत गरिएको विवरण तपाईको इमेलमा पठाइनेछ। त्यसैले लगानीको फाराम भर्दा तपाईले नियमित प्रयोग गर्ने इमेल उपलब्ध गराउनुहोला। प्रयोगमा नआउने इमेल प्रयोग गर्नु भएमा पासवर्ड बिर्सने समस्याले झन्झट हुनसक्छ। तपाइको लगानि स्वीकृत भइसकेपछी सगुनले तपाईलाई लगानिको प्रमाणपत्र उपलब्ध गराउनेछ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?