Wednesday May 27, 2020

नेपाली वेलफेयर सोसाईटी युकेको राहतमा बिशेष जोड

१० जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1020


नेपाली वेलफेयर सोसाईटी युकेको राहतमा बिशेष जोड

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली वेलफेयर सोसाईटी युकेले COVID-19 कोरोनाभाइरस-लकडाउनको कारणले बिपन्नमा परेका परिवारहरुलाई नेपालको १ न. प्रदेश उदयपुर, ३ न. प्रदेश चितवन र ४ न. प्रदेश स्यांजा जिल्लामा राहत वितरण गरिसकेको समाचार छ।

आज मे २३ तारिक शनिबार बिहान प्रदेश न. ५ नेपालगंज जिल्लमा राहत वितरण कार्यक्रम हुदैछ । केहि दिन पछि प्रदेश न. २ र प्रदेश ६ मा पनि राहत वितरण हुने कुरा नेपाल वयलफेयर सोसाइटी युकेका अध्यक्ष धन बहादुर सार्कीले बताउनु भयको छ। यो राहात कार्यक्रममा सहयोग गर्नु हुने  बेलायतबासी सम्पूर्ण सहयोगी चन्दादाताहरुलाई अध्यक्ष सार्कीले धन्यवाद दिनु भयको छ I

अध्यछ्य सार्कीले आव्हान गर्दै "आउनुहोस हजुरहरुको सहयोगी हातले धेरै थोरै जति सक्नु हुन्छ, हात बडाउनुस, भोको गरिब परिवारहरुको घरमा चुलो जलाई दिनुस, केहि दिन भएपनि पेट भराई दिनुस, भोकमरीबाट ज्यान बचाई दिनुस र यो प्रोजेक्टलाई चन्दाआर्थिक सहायोग गरी दिनुहुन बिनम्र अनुरोध गर्नु भयको छ।

सहयोग गर्न चाहनेका लागी:
सम्पर्क न. 07909387460
धनबहादुर सार्की
अध्यक्ष, नेपाली वेफेयर सोसाईटी युके




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?