Wednesday October 28, 2020

अदालतबाट एसपी र इन्सपेक्टर सम्मानित, १० महिनामा ४७ फरार अभियुक्त पक्राउ

१ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1792



शीतलपाटीन्युज डटकम।

पर्सा - अदालतको फैसला कार्यान्वनमा महत्वपूर्ण योगदान गरेको भन्दै  पर्सा जिल्ला अदालतले दुई प्रहरीलाई सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालयका पर्साका तत्कालिन प्रमुख डा गणेश रेग्मी र वडा प्रहरी कार्यलय श्रीपुरमा प्रमुख प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीलाई अदालतले सम्मान गरेको हो। 

आर्थिक बर्ष २०७४।०७५ मा अदालतबाट लागेको कैद, दण्ड जरिवाना असुल गर्न पुर्याइएको सहयोग र योगदानको   कदर गर्दै  प्रहरी उपरीक्षक डा. रेग्मी र प्रहरी निरीक्षक मैनालीलाइ प्रशंसा पत्रसहित अदालतले सम्मान गरेको हो। गत कार्तिकमा सरुवा भई वडा प्रहरी कार्यलय श्रीपुरमा आएका  इन्सपेक्टर मैनालीले १० महिनाको अवधिमा ४७ जना फरार अपराधीलाई पक्राउ गरी अदालत बुझाइसकेका छन्। 

  १० महिनाको अवधिमा वडा प्रहरी कार्यलय श्रीपुरले अपहरण तथा शरीर वन्धक मुद्धाका  ३, कर्तव्य ज्यान मुद्धाका १, डाँका  मुद्धाका १, लागूऔषध गाँजा मुद्धाका २, वन मुद्धाका ३, नकवजनी चोरी मुद्धाका २,  केही सार्वजनिक अपराध मुद्धाका ७,  कुटपिट  लुटपिट  मुद्धाका १३, किर्ते मुद्धाका ३ सवारी ज्यान  मुद्धाका २, गाली वेईज्जति मुद्धाका १, नागरिकता मुद्धाका २ जना र जालसाजि   मुद्धाका ७ गरी ४७ जाना फरार अपराधीलाई अदालतमा बुझाएको छ। 

उनीहरुबाट २९ बर्ष ९ महिना कैद तथा ५ लाख ७८ हजार १२१ रुपैया ६० पैसा जरिवाना असुल गराएको  भन्दै अदालतले एसपी डा गणेश रेग्मी र इन्सपेक्टर मैनालीलाई सम्मानित गरेको हो। अदालतको सम्मानबाट थप हौसला प्राप्त भएको डा रेग्मी र इन्सपेक्टर मैनालीले बताए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?