Sunday July 05, 2020

दोमन : कविता

१९ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1282


दोमन : कविता

प्रकृति कडेल।

आँखा सबैको एकै
तर नजर फरक रहेछ
मन सबैको एकै
तर सोचाई फरक रहेछ।

माया सबैको एकै
तर गराई फरक रहेछ
दु:ख सबैको एकै
तर भोगाई फरक रहेछ।

संतान सबैको एकै
तर माया फरक रहेछ
बोली सबैको एकै
तर मिठास फरक रहेछ।

सुन्दरता सबैको एकै
तर बयान फरक रहेछ
ओठ सबैको एकै
तर मुस्कान फरक रहेछ।

प्रेम सबैको एकै
तर विवेक फरक रहेछ
मुख सबैको एकै
तर बोलीी फरक रहेछ।

संसार सबैको एकै
तर जमिन फरक रहेछ
देश सबैको एकै
तर न्याय फरक रहेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?