Friday August 07, 2020

पाल्पा जिल्ला समाज युकेले प्रथम भीसी कुलविर थापाको स्मारक निर्माणका लागि १८४६ पौण्ड सहयोग

२४ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1270


पाल्पा जिल्ला समाज युकेले प्रथम भीसी कुलविर थापाको स्मारक निर्माणका लागि १८४६ पौण्ड सहयोग

शीतलपाटीन्युज डटकम।
फानबरो, लण्डन। पाल्पामा जन्मेर बेलायती सेनामा सेवारत रही दोश्रो बिश्वयुध्दमा साहसी काम गरेका पहिलो भिसी कुलवीर थापाको अल्डरसटमा निर्माण हुन लागेको स्मारक निर्माणका लागी पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ)ले आर्थिक सहयोग गरेको छ। ग्रेटर रश्मोर नेपाली कम्युनिटीले अगुवाई गरेको पहिलो भिसी थापाको शालिक निर्माणको प्रोजेक्टमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) ले १८ सय ४६ पाउन्ड प्रदान गरेको छ। आज रसमोर बरो काउन्सील फानबोरोमा एक कार्यक्रम गरी ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेको कुरा पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का अध्यक्ष बाचस्पति रेग्मीले समाचार दिनु भयको छ।


आज शनिवार ६ जुन २०२० मा स्थानीय रश्मोर बरो काउन्सिलको प्रांगणमा ग्रेटर  रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले चेक ग्रहण गरेको हो। पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का तर्फबाट अध्यक्ष बाचस्पति रेग्मी र उपाध्यक्ष गोपाल थापाले सहयोगको चेक हस्तान्तरण गरेका थिए।

 


उक्त अवसरमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, प्रोजेक्ट संयोजक मेजर खिम गौचन,कोषाध्यक्ष टोप पल्ली र पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ)का तर्फबाट सल्लाहाकार रिषीराम राना र कोषाध्यक्ष दल बहादुर थापा समेतको उपस्थिति रहेको थियो।


चेक हस्तान्तरणका क्रममा अहिले कोरोना भाइरसको महामारी तथा सरकारको निर्देशिकालाई मध्य नजर गर्दै सामाजिक दूरीलाइ विशेष ध्यान दिइएको थियो। ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष राईले सहयोग बुझे पछि पाल्पाली समाज युके र पाल्पालीहरूले यो महान कामको इतिहास राख्न सहयोग गरेकोमा धन्यवाद दियका थिए। युद्दमा घाइते साथीलाई आफ्नो ज्यानको पनि प्रवाहमा नगरी काधमा बोकेर उध्दार गरेका कारण पहिलो भीसी पाउन सफल भयका थापाको सम्मान स्वरूप बेलायतमा स्थायी इतिहास रहने भयकाले खुसी ब्यक्त गर्दै पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का अध्यक्ष रेग्मीले गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग गरेको बताउनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?