Sunday July 05, 2020

एनआरएनए यूकेले पठायो भारतीय प्रधानमन्त्रीलाई विरोध पत्र

२७ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1299


एनआरएनए यूकेले पठायो भारतीय प्रधानमन्त्रीलाई विरोध पत्र

शीतलपाटीन्युज डटकम।
लण्डन। आज लण्डनको अल्डरसटमा अध्यक्ष पुनम गुरुङ,महासचिव फडिन्द्र भट्टराई समेतको गैरआवासीय नेपाली संघ युकेको टोलीले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको परिप्रेक्षमा यसको विरोध गर्दै लन्डनस्थित भारतीय हाइ कमिसनमा विरोधपत्र सम्प्रेषण गर्ने कार्यक्रमको आयोजना गर्यो।


कोरोनाका कारण बेलायत लकडाउनमा रहेकाले बेलायतको अल्डरसटबाट केन्द्रिकृत रुपमा हुलाक सेवा मार्फत भारतीय प्रधानमन्त्रीको कार्यालय तथा लन्डनस्थित भारतीय हाइ कमिसनमा आधिकारीक विरोधपत्र सोमबार दिउँसो हुलाक मार्फत पठाइएको छ ।


अल्डरसटमा अध्यक्ष पुनम गुरुङ,उपाध्यक्ष प्रेम गहामगर,उपाध्यक्ष रोजीना राई प्रधान, महासचिव फडिन्द्र भट्टराई, पूर्वअध्यक्ष योग फगामी लगायतको उपस्थिति थियो । त्यस्तै, मिडल्याण्डमा सचिव कोस्लेश्वर (कृष्ण) ढकाल, वेल्स राज्यपरिषद अध्यक्ष कृष्ण भण्डारी, र उपाध्यक्ष रामचन्द्र पोखरेल,आयरल्याण्डमा राज्यपरिषद अध्यक्ष छविलाल अर्याल,सचिब रन्जिता मल्ल र सदस्यहरु प्रकाश कण्डेल,हेम गुरुङ,धन बहादुर सार्की लगायत उपस्थित भएर हुलाक मार्फत विरोध पत्र पठाइएको छ।


अध्यक्ष गुरुङले अतिक्रमित भएको नेपालको जग्गा फिर्ता ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध पत्र पठाएको बताउनु भयको छ। सामाजिक दुरी कायम गर्दै उक्त कार्य सम्पन्न गरेको महासचिव भट्टराईले जानकारी दिनु भयको छ।

चार र संघीय राज्य परिषद मध्ये वेल्स, स्कटल्याण्ड,आयरल्याण्डले छुट्टै उपस्थिति देखाएका थिए। तर, इंग्ल्याण्ड राज्य परिषद्ले एनआरएनए यूकेसँग मिलेर कार्यक्रम गरेको अध्यक्ष दीपक श्रेष्ठ जनाए। यसअघि बेलायतस्थित नेपालका राजनीतिक दलहरुका भातृसंस्थाले सामूहिक रुपमा विरोध पत्र हुलाक मार्फत पठाएका थिए। बरिष्ठ फोटो जर्नालिस्ट मिलन तमु, नेपालीलिंक शीतलपाटीन्युज, सेतोपाटीन्युज, लण्डनन्युज, ह्याबमुमेन्टको उपस्थिती रहेको सो कार्यक्रममा आइसीसी सदस्य सुशीला राई, सल्लाहाकार पुरन गिरी, सुुुमित्रा राई, ले. चन्द्र गुरुङ, हिराधन राई, जीव  बेल्बासे, रामचन्द्र  सुर्जे गुरुङ,मीन गुरुङलगायत पोस्ट अफिस पुगेका थिए। इङलैण्ड राज्य समन्वय परिषद उपाध्यक्ष रविन गुरूङ, चन्दन गुरूङ र गन्यमान्यहरूको उपस्थिती थियो।
बिज्ञप्ती:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?