२८ जेष्ठ, २०७७
शीतलपाटीन्युज डटकम।
"विश्वभर फैलिएको छ कोरोनाको माहामारी,
मानव जातीले जिति छाड्नेछ यो युद्ध कसैगरी"।
लन्डन। साहित्यकार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको "कोरोनाको महामारी" बोलको गीतको म्यूजिक भिडियो सार्वजनीक भएको छ। राजदूत धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीद्वारा प्रस्तुति उक्त गीतको रचना राजदूत सुवेदीले गर्नु भयको हो।
दुबसु क्षत्री साहित्यिक उपनामले परिचित डा सुवेदीले गीत,कविता र गजल समेत झण्डै एक दर्जन बढि साहित्यिक रचना गर्नु भएकोछ भने "म जस्तै तिमी पनि", "तिम्रो तस्वीर आँखाभरि", "निर्मम यादहरु" जस्ता गीत गजल पनि स्वरवद्ध गरिसक्नु भयको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ। म्यूजिक भिडियोलाई संगीतकार शिखर सन्तोषको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल,आनन्द कार्की,विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ।
वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत निर्देशन तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको "कोरोनाको महामारी" म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय पनि उत्कृष्ट छ।
"कोरोनाको महामारी"को म्यूजिक भिडियो तल हेर्नुहोस्, सुन्नुहोस:-