५ असार, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। गैर आवासीय नेपाली संघ बेलायत र नेपाली राजदुतावास लन्डनको संयुक्त पहलमा कोरोना भाईरसको लक डाउनका कारण बेलायतमा अड्किनु भएका र नेपाल जान अत्याबश्यकहरुको नामावली संकलन तथा उद्दार कार्यमा यहांहरुले देखाउनु भएको धैर्यताको लागि गैर आवासीय नेपाली संघ बेलायत हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
हालको लागि २४ जुन र २६ जुन गरि दुईवटा उडान नेपालको लागि उड्ने व्यवस्थापन गरिएको जानकारी गराउंदै आबश्यक तयारीका साथ रहनु हुन हार्दिक अनुरोध गरिन्छ।
जजिरा एयरलाईन्स मार्फत हुने दुवै उडानमा पहिलो उडानमा १५८ र दोश्रो उडानमा १५८ यात्रुहरु गरि जम्मा ३१६ यात्रुहरु हालको लागि स्वदेश फर्कन सक्नुहुनेछ। जजिरा एयरलाईन्सको ए३२० एयरबसको उडान ग्याटविक एयरपोर्टबाट दुवै दिन १४:५० मा शुरु भई कुवेत हुँदै भोलिपल्ट ०९:१० बजे बिहान काठमाडौँ अवतरणे हुनेछ।
नेपाल सरकारले टिकट खर्च ९२० पाउण्ड तोकेको र उक्त रकम नेपाली राजदुतावास लन्डनको सुचनामा उल्लेख भए बमोजिम भुक्तानी गर्न हुन हार्दिक अनुरोध गरिन्छ।
यात्रुहरुले आफु जाने निश्चित गरि यथासक्य चांडो आआफ्नो टिकट भुक्तानी सहित नामावली नेपाली राजदुतावास मार्फत कन्फर्म गर्न गराउन र पीसीआर टेस्टको ब्यबस्थापन एवं अन्य ब्यबस्थापनका साथ तयारी गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।
Foundation Brush
307987CWC1R1000 Foundation Brush