Friday August 07, 2020

जनताको सेवामा जुट्ने प्रहरी सधै सम्मानित हुने : एसएसपी भण्डारी

६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1405


जनताको सेवामा जुट्ने प्रहरी सधै सम्मानित हुने : एसएसपी भण्डारी

शीतलपाटीन्युज डटकम।
सिन्धुली। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत प्रा प्रहरी निरीछ्यक डा.रमा बिष्ट आफ्नो कार्यकाल पुरा गरी बिदाई भएकी छिन्।


बिदाई कार्यक्ममा बोल्दै केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सन्दिप भण्डारी भने बिदा भई जान लाग्नु भएका प्रा.प्र.नि.डा. बिष्टले पदीय दायित्व तथा कर्तब्यप्रति सिर्जनसिल एवं ईमान्दार रही प्रतिकूल परिस्थितिमा समेत अबिचलित एवं संयमित भई उत्साहपुर्वक तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई उत्कृष्ट रुपले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निष्पक्ष,पारदर्शी भर्ना छनौट,दक्ष जनशक्ति उत्पादन, हाल विश्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमणबाट बच्न तथा बचाउन अपनाउनु पर्ने उपायहरु सम्बन्धी र सर्प दंश तथा अन्य विषालु जीवहरुको टोकाइबाट हुन सक्ने खतरा र बच्ने उपायहरुको बारेमा बिभिन्न किसिमका सचेतनामूलक कार्यक्रम संचालन गर्न सहयोग गरी महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा प्रंशसा-पत्र समेत प्रदान गरेका थिए। उनले भने हामी प्रहरी जहा गएपनि जनताको सेवामा जुट्ने प्रहरीको कामको सम्मान हुन्छ।


साथै प्रा.प्र.नि. डा. बिष्टबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरी पुरस्कृत समेत गरिएको थियो। प्रमुख एसएसपी भण्डारीले विदा भई जान लाग्नु भएका प्रा.प्र.नि. डा. बिष्टलाई आगामी दिनहरुमा समेत सफल कार्य कालको शुभकामना व्यक्त गर्नुका साथै योग्य, इमान्दार, व्यवसायिक र असल ब्यक्तीको सँधै कदर हुने कुरा उल्लेख गर्नु भयो। साथै नया हाजिर हुन आउनु भएका प्रा.प्र.नि.डा. कैलाश कुमार बलबाट समेत उत्साह पूर्वक लगनशिलताका साथ कार्य सम्पादन हुने कुरामा विश्वास गर्दै शुभकामना दिनु भएको थियो।


डा. बिष्ट आफ्नो ब्याजमा पहिलो नम्बरकी इन्सपेक्टर हुन् उनि तालिम काजमा खटिएकी  थिईन्। एसएसपी भण्डारी पनि आफ्नो ब्याजको पहिलो नम्बरका एसएसपी हुन्। उनले आफु मातहत रहेको तालिम केन्द्र दुर्गममा भएपनि कुनै स्रोत साधनको अभाब हुन दिएका छैन् र त्यहाका जनतालाई पुर्ण रुपमा शान्ती,सुरक्षाको प्रत्याभुती दिएका छन।




मतहरू

vpn free

In the past few years, the popularity of vpn free downloads has steadily increased, but for obvious reasons, this growth rate will accelerate sharply by 2020 and more and more people want to work and play at home. Is free VPN the answer? And if so, where should you go? [url=https://www.freevpndetective.com/]https://www.freevpndetective.com/[/url] https://www.freevpndetective.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?