Sunday July 05, 2020

पहिलो भिसी थापाको शालिक बनाउन होस्टेमा हैसे अभीयान

१२ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1075


पहिलो भिसी थापाको शालिक बनाउन होस्टेमा हैसे अभीयान

शिलालेखमा नाम अ‌ङ्कित गर्न अब मात्र ३७ ठाउ बाकी।

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको सर्वोच्च सैन्य पदक भीक्टोरीया क्रस प्राप्त गरेका १३ जना नेपाली ब्रिटीस सेनाका सदस्यहरू मध्ये भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापाको बेलायतको अल्डरसट स्थित प्रिन्सेस गार्डेन पार्कमा बनाउन लागिएको शालिकका लागि नेपाली समुदायबाट १ लाख पाउण्ड भन्दा बढीको प्रतिवद्धता प्राप्त भएको कुरा शालिक निर्माण समीतिका प्रवक्ता ओम थापा काउचा मगरले बताउनु भयको छ। समितिका प्रवक्ता थापाका अनुसार बिहीबार बिहान सम्ममा ८९  दाता व्यक्ति, संघ संस्थाबाट १ हजार पाउण्ड भन्दा बढीको प्रतिवद्धता प्राप्त भएको छ। 


यो भिक्टोरिया क्रस ज्यानको प्रवाह नगरी, घर, देश र जनताको रछ्याका लागी हतियारधारी हरूसंग बहादुरी पुर्वक लड्ने तथा शत्रुलाई कब्जामा लिई हतियार समेत बरामद गरेको बहादुरी अवस्थामा प्राप्त हुन्छ। भीसी थापाले युद्दमा आफ्नो घाइते साथीलाई उध्दार गरी आफ्नो सैनिक ट्रुपलाइ बचाउने सफल मानविय काम गरे बापत यो भीसी पदकले नेपाली तर्फबाट पहिलो सम्मानित हुन सफल भयका थिए। "United Kingdom and former British Empire countries, for valor "in the face of the enemy." Since its creation in 1856, only 1,354 people have earned the award. The award itself has very little resale value; its worth is solely for the person who earned the award by risking life and limb in defense of their home and comrades."google.


समितिले १ हजार पाउण्ड भन्दा बढी चन्दा दिने १२५ जना दाताको नाम शालिकसँगै शिलालेखमा अंकित गर्ने घोषणा गरेको छ भने अब ३७ जना व्यक्ति वा संस्थाको मात्र नामाङ्कन गर्न सकिने बताईएको छ। '‘प्रथम भिसी थापाको सालिकका लागि प्राप्त हुने सहयोग आएसम्म लिइने छ तर शिलालेखमा १२५ वटा भन्दा बढी स्थान दिन स्पेसका कारण असमर्थ छौ। अब १२५ स्थानमा पहिले आउनेलाई प्राथमिकताको आधारमा दिइने प्रवक्ता थापाले बताउनु भयको छ ।


शालिक निर्माणको लागि १ लाख २५ हजार पाउण्ड लाग्ने पूर्वानुमान गरिएकोमा ७५ हजार शालिक बनाउन र ५० हजार स्मारक स्थलका लागि लाग्ने योजना अनुमान छ। उठेको रकम निर्माण सकियपछि आसा गरिए भन्दा बढी सहयोग उठेमा गोरखा वेलफेयर ट्रष्ट र स्थानिय च्यारिटीलाई दिने बताआएको छ ।

शालिक निर्माणका लागी स्थानीय रसमुर काउन्सिलले स्थान, मर्मत सम्भार र सुरक्षाको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीको नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापन वापत लाग्ने खर्चको जिम्मा लिएको छ। सो अनुसार यो होस्टेमा हैसे सहयोगको लागी आब्हान गरेको हो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?